१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहलाई प्रतिनिधिसभाबाटै चुनौती – ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन’

१० चैत्र २०७५, आईतवार ११:००

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा  चुनौती दिएका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई इंगित गर्दै भने 'धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्दाको नाममा लुटपाट गरियो । यस्तो नगर्न धेरै पल्ट भनियो तर मानेनन् ।'

प्रधानमन्त्री ओलीले भने 'त्यस समुह जो कतै दर्ता छैन, त्यसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । विध्वम्श छोड भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन ।' ओलीले आफ्नो नेतृत्वको सरकार लोकतान्त्रिक नभएको भन्दै टिप्पणी गर्नेहरुलाई इंगित गर्दै प्रश्न गरे 'अनि के लोकतन्त्रमा बम पड्काउन पाइन्छ ? चन्दाका नाममा लुट्ने काम गर्न पाइन्छ ?  मान्छे मार्न पाइन्छ लोकतन्त्रमा ?' 

प्रधानमन्त्री ओलीले महाभारतको युद्धको स्मरण गराउंदै भगवान श्रीकृष्णको चक्रको किस्सा सुनाए । भगवान कृष्णले सम्झाउँदा भएन बहने चक्र प्रहार गर्थे भन्ने बिषयलाई स्पष्ट पार्दै प्रधान मन्त्री ओलीले भने – 'सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।' 

हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । ओलीले भने 'लोकतान्त्रिक आचरण अनुसार देश चल्नु पर्छ, त्यसमा सरकार एकदम दृढ छ ।' 

ओलीले अगाडी भने 'अब देशमा यस्तै प्रकारको अशान्तिको सृंखला जारी रहन्छ कि भन्ने कुरा त्यो कल्पना नगरे पनि हुन्छ र कसैले जारी राख्न सकिएला कि भन्ने कल्पना गरेको छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी बिकास निर्माणको लागि अगाडी बढ्यौं अब बिकासका काममा हामी बाधा पुर्याउन दिदैनौं ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट