२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहलाई प्रतिनिधिसभाबाटै चुनौती – ‘राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन’

२०७५, १० चैत्र आईतवार ११:००

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा  चुनौती दिएका छन् । 

संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूहमाथि लगाइएको निषेध फिर्ता नहुने बताए । प्रधानमन्त्री ओलीले विप्लव समूहलाई इंगित गर्दै भने 'धेरै पल्ट हामीले आग्रह गर्यौं, मैले पनि धेरै पल्ट आग्रह गरें । तर लोकतान्त्रिक पद्धतिले भएको चुनावमा बम पड्काउने, निर्दोष मार्ने वा ज्यान मार्ने प्रयास गर्ने र चन्दाको नाममा लुटपाट गरियो । यस्तो नगर्न धेरै पल्ट भनियो तर मानेनन् ।'

प्रधानमन्त्री ओलीले भने 'त्यस समुह जो कतै दर्ता छैन, त्यसको ठेगाना छैन, त्यस समूहका आपराधिक क्रियाकलाप मात्र छन् । विध्वम्श छोड भन्दा कतिलाई हनहनी ज्योरो आयो । यो लोकतान्त्रिक भएन ।' ओलीले आफ्नो नेतृत्वको सरकार लोकतान्त्रिक नभएको भन्दै टिप्पणी गर्नेहरुलाई इंगित गर्दै प्रश्न गरे 'अनि के लोकतन्त्रमा बम पड्काउन पाइन्छ ? चन्दाका नाममा लुट्ने काम गर्न पाइन्छ ?  मान्छे मार्न पाइन्छ लोकतन्त्रमा ?' 

प्रधानमन्त्री ओलीले महाभारतको युद्धको स्मरण गराउंदै भगवान श्रीकृष्णको चक्रको किस्सा सुनाए । भगवान कृष्णले सम्झाउँदा भएन बहने चक्र प्रहार गर्थे भन्ने बिषयलाई स्पष्ट पार्दै प्रधान मन्त्री ओलीले भने – 'सम्झाउदा हुँदैन भने राज्यले कानुन बमोजिम नियन्त्रण गर्छ, थाहा पाउनुपर्छ । राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन । नियन्त्रण गर्छ गर्छ ।' 

हतियार बुझाउन समय दिईएको स्मरण गराउंदै प्रधानमन्त्री ओलीले तोकिएको समयभीत्र लुरुलुरु हतियार बुझाउन नआए कसरी हतियार लिनुपर्छ भन्ने कुरा सरकारलाई राम्ररी थाहा भएको भन्दै चेतावनी दिए । ओलीले भने 'लोकतान्त्रिक आचरण अनुसार देश चल्नु पर्छ, त्यसमा सरकार एकदम दृढ छ ।' 

ओलीले अगाडी भने 'अब देशमा यस्तै प्रकारको अशान्तिको सृंखला जारी रहन्छ कि भन्ने कुरा त्यो कल्पना नगरे पनि हुन्छ र कसैले जारी राख्न सकिएला कि भन्ने कल्पना गरेको छ भने त्यो पनि नगरे हुन्छ । किन भने हामी बिकास निर्माणको लागि अगाडी बढ्यौं अब बिकासका काममा हामी बाधा पुर्याउन दिदैनौं ।'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने