२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेस त्याग गरी जोशी नेकपामा प्रवेश

२०७५, ११ चैत्र सोमबार ०९:३९

पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।
नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन ।

जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टिका र खादा लगाएर पार्टी प्रबेश गराएका छन । २०४६ साल मा नेपाल बिद्यार्थी संघ नारायण माबि इकाईका अध्यक्ष रहेका जोशी कांग्रेस कुस्मा र जिल्लाकै सक्रिय र जुझारु कार्यकर्ता मानिन्छन ।

उनले नेपालको बिकास बिकास र सम्बृद्धिको सपना नेकपाले मात्रै पुरा गर्न सक्ने अठोटका साथ नेकपामा प्रबेश गरेको बताए । पुस्तौ देखि कांग्रेस परिवारमा रहेको मान्छे त्यहाँबाट बाहिर निस्कन चाहेर पनि जो कोहीलाई संभब छैन, उनले भावुक हुँदै भने म आजाद भएर उड्न भ्याए । उनले नेकपाले दिने सबै जिम्बेवारीलार्ई कुशलतापुर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले निशंकोच जिम्वेवारी दिन आग्रह पनि गरे ।
जोशीलाई पार्टी प्रबेश गराउँदै नेकपाका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले नेकपा नै नेपाली जनताले आशा र भरोशा गरेको पार्टी भएकाले अन्य पार्टीमा भएका नेता कार्यकर्ता पनि क्रमशः गोलबन्द हुँदै आउने बिश्वास ब्यक्त गरे ।

उनले देशको संबिधान बिरोधी बिखण्डनकारी आन्दोलनमा रहेका सिके राउत समेत शान्तिपुर्ण राजनिती र राष्ट्रिय अखण्डता स्विकार गर्दै मुलधारको राजनिधीमा आएको चर्चा गर्दै अध्यक्ष पाण्डेले बिप्लब समुह पनि शान्तिपुर्ण राजनैतिमा नआई सुखै छैन भने ।

बिप्लब समुहको पार्टीलाई प्रतिबन्ध नलगाई उसका हिंसात्मक गतिबिधी तथा संबिधान बिरोधी क्रियाकलापका बिरुद्ध मात्रै प्रतिबन्ध लगाएको स्पष्ट पारे । पार्टी एकिकरणको काम तल सम्म लैजान नसक्दा केही समस्या भएपनि यसले केही दिन भित्रै निकास पाउने आश्वासन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने