Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग (बिज्ञप्ति सहित)

२०७५, १३ चैत्र बुधबार १७:१३

चैत १३, काठमाडौँ | गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले केपी ओली सरकारको राजिनामा माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ ।

केन्द्रले निर्वाचनमा समाजवादको नारा दिएको नेकपाले सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवाद मात्र अभ्यास गरेको आरोप लगाएको छ । जारी बिज्ञप्तिको पहिलो बुदामा उल्लेख छ 'निर्वाचनमा समाजवादको नारा दिएको संसदवादी नेकपा सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवाद मात्र अभ्यास गरेको, संविधानको धज्जी उडाउदै इण्डो प्यासिफिक कमाण्डमा संलग्नताले नेपाललाई युद्धग्रस्त अफगानिस्तान बनाउने हर्कत गरेको, सिके राउत सहमतिमा मधेश बिखण्डनलाई बैधानिकता दिएको, सुबिधा लम्पट चरित्र प्रदर्शनसंगै भ्रष्टाचार तथा बेथिति बढाएर प्रतिक्रियावादी राजतन्त्र फर्काउने उद्योग गरिरहेको एवं विप्लव नेकपालाई असंबैधानिक प्रतिबन्ध लगाएर देशलाई हिंसात्मक युद्धमा धकेलेको छ । अतः यो सरकारबाट संबिधान प्रदत्त राष्ट्रिय स्वाधीनता र अखण्डता, आर्थिक–सामाजिक रुपान्तरण र सार्वभौम शान्ति किमार्थ सम्भव नरहेको वस्तुस्थिति प्रष्ट छ ।'  

‘ओली सरकारले तुरुन्त राजिनामा गरी विप्लव नेकपासँग वार्ता र राष्ट्रिय एवं जनहितको मार्ग प्रशस्त गर्न विशेष आग्रह गर्छ,’ माओवादी केन्द्रले विज्ञप्तिमा भनेको छ, ‘अन्यथा देशद्रोही र फासिवादी निरंकुश खड्ग ओली सरकारलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारीका लागि अग्रगामी राजनीतिक शक्ति र इतिहासको निर्माता जनसमुदायमा जोडदार अपिल गर्दछ ।’

विप्लव नेकपामाथि खड्ग ओली–प्रचण्ड सरकारले प्रारम्भदेखि नै दमनको नीति लिएको आरोप लगाउँदै माओवादी केन्द्रले वार्ताका लागि प्राथमिकता सहित सरकारले ठोस पहल नगरेको तथा ‘लुटेरा समुह’ करार गरी निकृष्ट शब्दमा अपमानित गर्दै प्रतिबन्ध लगाएको बिरोधमा आफ्नो पार्टीले डटेर भत्सर्ना गर्ने बताएको छ ।

विप्लब नेकपाको एकीकृत जनक्रान्तिको कार्यदिशा के हो भन्ने जनसाधारणमा बोधगम्य नभएको भन्दै माओवादी केन्द्रले जनयुद्धको उपलब्धी विद्यमान गणतन्त्रलाई रक्षा गर्दै समाजवादी गणतन्त्रमा कसरी विकास गर्ने एवं ऐतिहासिक र सामुदायिक पहिचान मुद्धाबारे पनि गंभीरता व्यक्त नगरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।

केन्द्रले जारी गरेको बिज्ञप्तिको तेश्रो नम्बर बुदामा भनिएको छ 'आफ्नो कार्यदिशा र कार्यक्रमबारे जनता माझ ब्यापक बहस गराई क्रन्तिकारी एकता र ध्रुबीकरण सुदृढ गर्न विप्लव नेकपाले जारी संघर्षको नीतिमा गंभीर पुनर्विचार गरियोस् । साथै, लगातारको बन्दले जनता आजित रहेको स्थितिमा चैत–१६ गतेको नेपाल बन्द फिर्ता गरी अन्य कार्यक्रमद्वारा राजनीतिक संघर्ष अघि बढाउन विप्लव नेकपा समक्ष हाम्रो पार्टी विशेष आग्रह गर्छ ।'

प्रेस विज्ञप्ति जस्ताको तस्तै 

हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले विप्लव नेकपामाथि प्रतिवन्धको सर्वप्रथम विरोध गरेको हो । संसदका दलहरु र सडकमा संघर्षरत राजनीतिक संगठन, नागरिक अगुवाहरु एवं नेपाल बार एसोसियसनले समेत विप्लव नेकपा विरुद्ध सरकारी प्रतिवन्ध असंवैधानिक ठहर गर्दै फिर्ता लिई राजनीतिक समाधान खोज्न आग्रह गरिसकेका छन् । यो पृष्ठभूमिमा संसदमा रहेका दलहरु र विप्लव नेकपा समक्ष विशेष आग्रहसहित यो विज्ञप्ति जारी गरिएको छ । 

१) निर्वाचनमा समाजवादको नारा दिएको संसदवादी नेकपा सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवाद मात्र अभ्यास गरेको, संविधानको धज्जी उडाउदै इण्डो प्यासिफिक कमाण्डमा संलग्नताले नेपाललाई युद्धग्रस्त अफगानिस्तान बनाउने हर्कत गरेको, सिके राउत सहमतिमा मधेश बिखण्डनलाई बैधानिकता दिएको, सुबिधा लम्पट चरित्र प्रदर्शनसंगै भ्रष्टाचार तथा बेथिति बढाएर प्रतिक्रियावादी राजतन्त्र फर्काउने उद्योग गरिरहेको एवं विप्लव नेकपालाई असंबैधानिक प्रतिबन्ध लगाएर देशलाई हिंसात्मक युद्धमा धकेलेको छ । अतः यो सरकारबाट संबिधान प्रदत्त राष्ट्रिय स्वाधीनता र अखण्डता, आर्थिक–सामाजिक रुपान्तरण र सार्वभौम शान्ति किमार्थ सम्भव नरहेको वस्तुस्थिति प्रष्ट छ । 

अतः खड्ग ओली सरकारले तुरुन्त राजिनामा गरी विप्लव नेकपासंग वार्ता र राष्ट्रिय एवं जनहितको मार्ग प्रशस्त गर्न हाम्रो पार्टी विशेष आग्रह गर्छ । अन्यथा देशद्रोही र फासिवादी निरंकुश खड्ग ओली सरकारलाई विस्थापित गर्न सडक आन्दोलनको निर्णायक तयारीका लागि अग्रगामी राजनीतिक शक्ति र इतिहासको निर्माता जनसमुदायमा जोडदार अपिल गर्दछ । 

२) विप्लव नेकपामाथि खड्ग ओली–प्रचण्ड सरकारले प्रारम्भदेखि नै दमनको नीति लिएको, वार्ताका लागि प्राथमिकता सहित ठोस पहल नगरेको तथा ‘लुटेरा समुह’ करार गरी निकृष्ट शब्दमा अपमानित गर्दै प्रतिबन्ध लगाएको बिरोधमा हाम्रो पार्टीले डटेर भत्सर्ना गरेको छ । त्यस्तै, देश र जनताका लागि भनेर वलिदानीपूर्ण भावनाले संघर्षरत विप्लव नेकपाका कमरेडहरुप्रति हाम्रो उच्च सम्मान छ । तर विगत जनयुद्धकालीन परिस्थितिमा काफी फेरबदल आएको, पूर्वाधार विकास र सूचना प्रविधिमा व्यापकताले अभिजातवर्गीय सत्तालाई नै सुदृढ गरिरहेको नेपाली अर्थ–राजनीतिमा दीर्घकालीन छापामार युद्ध कम्युनिष्ट योद्धाहरु र जनताका लागि वस्तुतः आत्मधाती ठहर्छ । 

त्यस्तै, एकीकृत जनक्रान्तिको कार्यदिशा के हो, जनसाधारणमा बोधगम्य छैन । जनयुद्धको उपलब्धी विद्यमान गणतन्त्रलाई रक्षा गर्दै समाजवादी गणतन्त्रमा कसरी विकास गर्ने एवं ऐतिहासिक र सामुदायिक पहिचान मुद्धाबारे पनि गंभीरता व्यक्त भएको पाईदैन । 

३) अतः आफ्नो कार्यदिशा र कार्यक्रमबारे जनता माझ ब्यापक बहस गराई क्रन्तिकारी एकता र ध्रुबीकरण सुदृढ गर्न विप्लव नेकपाले जारी संघर्षको नीतिमा गंभीर पुनर्विचार गरियोस् । साथै, लगातारको बन्दले जनता आजित रहेको स्थितिमा चैत–१६ गतेको नेपाल बन्द फिर्ता गरी अन्य कार्यक्रमद्वारा राजनीतिक संघर्ष अघि बढाउन विप्लव नेकपा समक्ष हाम्रो पार्टी विशेष आग्रह गर्छ । र, फासिवादी निरंकुश खड्ग ओली सरकार विरुद्ध शान्तिपूर्ण सडक आन्दोलनमा आÇनो सक्रिय भूमिका रहने कुरामा नेकपा (माओवादी केन्द्र) दृढ प्रतिवद्धता जाहेर गर्छ । 

खड्ग ओली सरकार राजीनामा दे, विप्लव नेकपा–वार्ता गर !

नेपालको सार्वभौमसत्ता, अखण्डता र समाजवादी राष्ट्रिय एकीकरण–जिन्दावाद !

(गोपाल किराती)

अध्यक्ष 

१३ चैत ०७५

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली