१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव समूहलाई चेतावनी दिंदै प्रधानमन्त्रीले भने’विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो’

१४ चैत्र २०७५, बिहीबार ११:१६

चैत १४, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।

वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’ ।

नेकपाको प्रदेश ३ को पहिलो बैठकमा नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दु:खद रहेको बताए । 

उनले अगाडी भने ‘विखण्डनवाद समाप्त भयो । यता वितण्डा मच्चाउन खोज्नेहरुलाई पनि नियन्त्रणमा लिनुपर्नेछ । यसमा कथित लोकतन्त्रवादी भन्नेहरुले छाती पिट्छन । यी पक्षहरु देखेर मलाई कांग्रेस देख्दा मलाई टिठ लाग्छ ।’

प्रधानमन्त्री ओलीले विप्लव समूह पार्टी नभइ कुनै गिरोह भएको टिप्पणी गरे । केहि दिन अघि संसद बैठकमै बोलेको भाषामा प्रधानमन्त्रीले विप्लबमाथि टिप्पणी गर्दै भने – ‘पार्टी भए कहाँ दर्ता छ ? सीडीओ कार्यालयमा छ कि, गृह मन्त्रालयमा छ कि कुनै घरमा छ ?’ 

कम्युनिस्ट पार्टी भएको कारण विप्लव समूहप्रति नरम हुनुपर्ने कतिपयले आफूलाई सुझाव दिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले विप्लवले कम्युनिस्टको बर्कोमात्र ओढेको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट