२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका सबै स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

२०७५, १५ चैत्र शुक्रबार ०८:३५

चैत १५, बागलुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ । 

पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका छन् । जसमा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको अध्यक्ष पद पूर्व एमालेको भागमा परेको छ । 

यस्तै, गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको नेतृत्व पूर्व माओवादी केन्द्रले पाएको छ । एउटा दलको अध्यक्ष भएपछि सचिव स्वतः अर्को दलबाट हुने संयन्त्रका नेता इन्द्रलाल सापकोटाले बताउनुभयो । 

‘एकताको खाका टुङ्गिएको छ’ उहाँले भन्नुभयो,“व्यक्ति को भन्ने निर्णय प्रदेश समितिले गर्छ ।” नेता सापकोटाका अनुसार स्थानीय तहका पार्टी संयन्त्रको सुझावका आधारमा जिल्लाबाट नाम सिफारिस हुनेछ । जिल्लामै नेतृत्व टुङ्गाएर अन्तिम निर्णयको लागि प्रदेश समितिमा पठाइने नेकपाले जनाएको छ । 

स्थानीय तहसँगै वडा समितिको एकता प्रक्रियालगत्तै टुङ्गिने संयन्त्रका नेता ज्ञामनाथ गैरे ‘अनिल’ ले बताउनुभयो । ‘दशवटै स्थानीय तहमा पार्टी संयन्त्रको बैठक तोकिएको छ’ उहाँले भन्नुभयो, “वडाको नेतृत्व जिल्ला संयन्त्रले टुङ्गाउँछ ।” 

वडादेखि गाउँ, नगरसमितिको एकता प्रक्रिया चैतभित्रै सकिने नेकपाको दाबी छ । पार्टीका जनवर्गीय सङ्गठनको एकीकरणका लागि जनसङ्गठन एकता कार्यदल समेत गठन गरिएको छ । कार्यदलले सङ्गठनका कामको संयोजन, व्यवस्थापनसँगै एकता प्रक्रियाअघि बढाउनेछन् । 

जिल्लाको नेतृत्व पनि यथाशक्य छिटो टुङ्गिने जनाइएको छ । जिल्ला संयन्त्रले अध्यक्ष पदका लागि पूर्व एमालेबाट कृष्ण पाठक र पूर्व माओवादी केन्द्रबाट फमलाल न्यूरे र ज्ञामनाथ गैरे ‘अनिल’ को नाम सिफारिस गरेको छ । यस्तै, सचिव पदमा पूर्व एमालेबाट लालबहादुर थापा र पूर्व माओवादी केन्द्रबाट राजीव घिमिरेलाई सिफारिस गरेको छ । जिल्ला समितिको नेतृत्व भने पार्टी केन्द्रले अन्तिम टुङ्गो लगाउँदैछ । 

बुधबार र बिहीबार गरी दुई दिनसम्म बसेको बैठकमा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका इञ्जार्च पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे लगायतको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने