२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन

२०७५, २१ चैत्र बिहीबार १५:३२

कमल रावल | चैत २१, अछाम | अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन भएको छ । मंगलसैन नगर युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजाल अछामको संयोजनमा युवा संसद चलाईएको हो । 

युवा संसदमा युवा साँसदका रुपमा सहभागि मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाका युवा प्रतिनिधिहरुले नगरका बिभिन्न समस्या, युवाहरुका सवाल, युवा रोजगारी आवश्यकता र चुनौतीका सन्र्दभमा युवा सरकारको ध्याँनाकर्षण गराएका थिए । युवा संसद सञ्चालन पछिको कार्यक्रममा प्रमुख अतिथी रहनु भएका मंगलसैन नगर प्रमुख पदम बहादुर बोहराले कार्यक्रमबाट आफुलाई निकै खुसीको अनुभुती भएको बताँउनु भयो । उहाँले युवा संसदमा सहभागि युवाहरुले युवा साँसदका रुपमा नगरका बास्तविक सवालहरुलाई उठान गरेको उल्लेख गर्नुभयो । युवाहरुको छाया संसदले महत्वपूर्ण अभ्याँस गरी बिबिध सवाल उठान गरेको भन्दै यी विषय हामिले झेलीरहेको विषय भएको बताँउनुभयो ।


नगर प्रमुख बोहराले मंगलसैन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र जिल्ला युवा संजाल अछामले निकै महत्वपूर्ण र सानदार रुपमा युवा संसद सञ्चालन गरि संसदको झझल्को दिने गरी प्रस्तुतीकरण गरेको बताँउनु भयो । उहाँले युवाहरुको प्रयास एकदमै सकारात्मक र नमूना रहेको भन्दै युवा साँसदहरुलाई भविष्यको जनप्रतिनिधि, प्रशासक र राष्ट्रको कर्णधार हो भनेर प्रशंशा समेत गर्नुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथी तथा मंगलसैन नगर उपप्रमुख सरिता उपाध्यायले युवाहरुले छोटो अवधिमै निकै महत्वपूर्ण ज्ञान हासिल गरेको र यसबाट युवाहरुको नेतृत्व विकास र क्षमता अभिबृद्धि भएको बताँउनु भयो । आगामि दिनमा युवा संजालको सुझावका आधारमा यस्ता खालका कार्यक्रम निरन्तर सञ्चालन गर्न तयार रहेको बताँउनु भयो । युवा संसद मार्फत महिला हिंसा, छाउपडी कुप्रथा विकास, युवा रोजगार सम्भावना आदी विषयमा महत्वपूर्ण विषय उठान भएको उल्लेख गर्नुभयो । 


जिल्ला युवा संजाल अछामका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको युवा संसद सञ्चालन कार्यक्रममा युवा संसदको अवलोकन पश्चात नगरको सामाजिक विकास समितिका संयोजक तथा वडा नम्वर ४ का अध्यक्ष पदम बहादुर धामी, वडानम्वर ६ का अध्यक्ष जनकराज भण्डारी, ८ का अध्यक्ष हिरण्ड बोहरा, ९ का अध्यक्ष झपट रावल, वडानम्वर १ का अध्यक्ष गोपाल थापा, २ का अध्यक्ष मान बहादुर बोगटी, ३ का अध्यक्ष पदम सिंह भाट, ७ का अध्यक्ष शिद्धराज ढुंगाना, ११ का अध्यक्ष डबल सिंह भण्डारी, पत्रकार महाँसंघका सुदूरपश्चिम प्रदेश सदस्य पुष्पराज भट्ट, पत्रकार महाँसंघ अछामका कोषाध्यक्ष टेक बहादुर थापाले सुझाव मन्तब्य राख्नुभएको थियो । युवा संसद अवलोकन कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष हरिप्रसाद ढुंगाना, १० का अध्यक्ष नेत्र बहादुर रावल, निमित्त प्रमुख प्रशासकिय अधिकृत शुशिला ढुंगाना, नगरको शिक्षा युवा तथा खेलकुद शाखाको प्रमुख बृकेशसिंह बोगटी, पत्रकार शिवराज ढुंगाना, नरेशकुमार शाही लगायतको पनी सहभागिता रहेको थियो । 


युवा संसद सञ्चालन कार्यक्रममा सहभागि युवा कमल थापाले युवा सभामुख, अञ्जना भण्डारीले युवा उपसभामुख र शुनिल भण्डारीले युवा मन्त्रीको भुमिका निर्वाह गरेका थिए भने अन्य युवाहरुले युवा साँसदको रुपमा बिभिन्न सवालहरु युवा संसदमा पेश गरेका थिए । २ दिने अभ्याँसपछि सञ्चालन गरिएको युवा संसद सञ्चालन कार्यक्रमको औपचारीक समारोहमा जिल्ला युवा संजालका उपाध्यक्ष मेनुका ढुंगानाले स्वागत मन्तब्य राख्नुभएको थियो भने सञ्चालन सचिव कमल कुमार रावलले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने