१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारले अनुभूति हुने गरी काम गरिरहेको छ : मन्त्री विष्ट

२४ चैत्र २०७५, आईतवार १६:३७

चैत २४, लहान (रासस) | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । सिरहाको सुखीपुर नगरपालिकामा पहिलो सुखीपुर नगर महोत्सवको आज उद्घाटन गर्नुहुँदै मन्त्री विष्टले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी नेपाली जनताको जीवनमा परिवर्तन आउने गरी कार्यहरु अघि बढाएको बताउनुभयो । 

“स्थानीय सरकारले गर्न सक्ने कार्यहरु स्थानीय सरकारले गरिरहेको छ, स्थानीय सरकारले गर्न नसक्ने कार्य प्रदेश सरकारले गर्नेछ”, मन्त्री विष्टले भन्नुभयो, ‘‘प्रदेश सरकारबाट हुन नसक्ने कार्य केन्द्र सरकारले गर्ने गरी तीनै तहको सरकारबीच सहकार्य भइरहेको छ, अब अवश्य नै नेपाली जनताले परिवर्तनको अनुभूति गर्ने छ ।” 

नागरिकता समस्या सधैँका लागि अन्त्य हुने दाबी गर्नुहुँदै मन्त्री विष्टले नागकिताको समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र त्यो पारित भएसँगै नागरिकताको समस्या समाधान हुने जिकिर गर्नुभयो । मुलुकबाट बेरोगारी समस्या अन्त्यका लागि सरकारले ध्यान केन्द्रित गरेको बताउनुहुँदै उहाँले बेरोजगार युवालाई स्वदेशमै रोजगार दिने र रोजगार दिन नसक्नेलाई बेरोजगार भत्ता दिने सरकारले तयारी गरेको बताउनुभयो । 

तराई मधेशमा पूर्व–पश्चिम रेल्वे, फास्ट ट्रयाक निर्माण, औद्योगिक ग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र सिँचाइका पूर्वाधारका विकास, कल कारखानाको स्थापना लगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको उहाँले जानकारीसमेत दिनुभयो । 

चैत २४ गतेदेखि चैत ३० गतेसम्म सुखीपुरस्थित रामजानकी जनता बहुमुखी क्याम्पसको प्राङ्गनमा आयोजना हुन लागेको उक्त महोत्सवमा ५० वटा कक्षहरु राखिएका छन् । सुखीपुर नगरपालिकाको आयोजनामा शुरु भएको महोत्सवमा उद्योग, व्यापार, पर्यटन, कृषिजन्य वस्तु उत्पादन प्रवद्र्धन तथा सुखीपुर नगरभित्रका स्थानीय कला संस्कृति लगायतको प्रदर्शनी हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट