२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनप्रतिनिधिको तलब सामाजिक काममा

२०७५, २५ चैत्र सोमबार ०१:४५

चैत २५, बागलुङ (रासस) | जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक लाख २० हजार मूल्य बराबरका ‘स्टेचर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो ।

पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य महेश आचार्यको उपस्थितिमा ‘स्ट्रेचर’ हस्तान्तरण गरिएको रसाइलीले बताउनुभयो । “बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउन सहज होस् भनेर स्टेचर सहयोग गरेको हूँ”, उहाँले भन्नुभयो, “स्वास्थ्य स्वयंसेविकामार्फत सबै टोलमा स्ट्रेचर पुगेको छ ।”

यसअघि गत भदौमा उहाँलै जैदीकै संस्कृत माविलाई रु ८४ हजार मूल्य बरारबका विज्ञान विषयका प्रयोगात्मक सामग्री प्रदान गर्नुभएको थियो । यस्तै गत जेठमा गाउँकै जनता बाल साक्षरता आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान वितरण गर्नुभएको थियो ।  तीन चरणमा गरी रु दुई लाख ५० हजार मूल्य बराबरका सामग्री सहयोग गरेको रसाइलीले बताउनुभयो । “तलब, भत्ताबाहेक केही व्यक्तिगत रकम पनि परेको छ”, उहाँले भन्नुभयो, “म वडासदस्य रहुञ्जेल शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्छु ।”

निर्वाचित भएपछि रसाइलीले राज्यबाट कुनै पनि लाभको सुविधा नलिने घोषणा गर्नुभएको थियो । “राज्यको पैसाबाट पानी पनि नखाने अठोट लिएको छु”, उहाँले भन्नुभयो, “म राजनीतिलाई पेशा होइन, सेवा बनाउन चाहन्छु ।” पदमा रहँदा या नरहँदा पनि राजनीतिसँगै सामाजिक सेवाका काममा क्रियाशील हुने रसाइलीको सङ्कल्प छ । 

स्ट्रेचर हस्तान्तरण कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य आचार्यले रसाइलीले जनप्रतिनिधिको रूपमा उदाहरणीय कार्य गरेको प्रतिक्रिया दिनुभयो । पदमा पुगेपछि सुविधाभोगी बन्ने प्रवृत्तिलाई रसाइलीको सत्कर्मले सकारात्मक पाठ सिकाएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !