प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्"/>

२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी झडपमा राप्रपाका ३५ कार्यकर्ता घाइते, घटनापछी राप्रपाले निकाल्यो यस्तो बिज्ञप्ति

२०७५, २५ चैत्र सोमबार १४:३९

चैत २५, काठमाडौँ | सनातन धर्म सापेक्ष हिन्दू राष्ट्रको माग गर्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ । 


प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपाका कार्यकर्ता र प्रहरीबीच रामशाह पथमा झडप हुँदा ३५ नेता तथा कार्यकर्ता घाइते भएका हुन् । रत्नपार्कदेखि प्रदर्शन सुरु गरी पद्मोदय मोडमा पुगेर कोणसभा गर्ने क्रममा राप्रपाका कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप भएको थियो ।

घाईतेहरुको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था बुझ्न राप्रपाका अध्यक्ष कमल थापालगायत पार्टीका शीर्ष नेताहरु अस्पताल पुग्नुभएको राप्रपाले जनाएको छ ।

घटनापछि राप्रपाले निकाल्यो प्रेस बिज्ञप्ति 

मितिः– २०७५ चैत्र २५ गते

राप्रपाको प्रेस विज्ञप्ति

राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, चर्को मूल्यबृद्धि नियन्त्रण लगायतका मागहरू राखी आज काठमाडौंमा गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा भएको व्यापक प्रशासनिक दमनको राप्रपा घोर निन्दा एवं भत्सर्ना गर्दछ ।

शान्तिपूर्ण ढंगबाट राजनीतिक गतिविधि गर्न पाउने संविधान प्रदत्त अधिकारको उपयोग गरि धर्ना बस्ने पूर्व निर्धारित कार्यक्रम अनुसार निषेधित क्षेत्रको सीमा मै रहेर गरिएको प्रदर्शनमा प्रशासनबाट अन्धाधुन्ध लाठीचार्ज, अश्रुग्यास प्रहार गरि भएको निर्मम दमनले सरकारको निरंकुश चरित्र उदांगो भएको प्रष्ट छ ।

राप्रपाले गत फागुन ७ गते सम्माननीय प्रधानमन्त्रीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह लगायतका २२ बुँदे माग सहितको ज्ञापनपत्र पेश गरि आफ्ना मागका सम्बन्धमा जनमत सिर्जना गर्ने र सरकारलाई माग पुरा गराउन दवाव दिने उद्देश्यले जनसंघर्षको घोषणा गर्दै शान्तिपूर्ण प्रदर्शनमा होमिएको छ, वार्ता र सहमतिका आधारमा समस्याको निकास खोज्नुको सट्टा दमन र हस्तक्षेप गरेर परिस्थितिलाई उत्तेजित बनाउनु उपयुक्त हुँदैन भन्ने राप्रपाको धारणा रहेको छ र सरकारले वार्ताको वातावरण बनाएमा वार्ताको माध्यमबाट निकास सम्भव हुने राप्रपाको धारणा रहेको छ ।

राप्रपाले आज काठमाडौंमा सिंहदरबार अगाडि, ७ वटै प्रदेशमा मुख्य मन्त्रीको कार्यालय र देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना दिने कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा धर्ना बस्ने क्रममा गण्डकी प्रदेश प्रमुख हेमजङ्ग गुरुङ, केन्द्रीय सदस्य जयलाल पुन, कास्की अध्यक्ष डा.महेन्द्र बहादुर कार्की सहित १९ जनालाई केही समय प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरामा शान्तिपूर्ण धर्नामा बसेका पार्टीका नेताहरूलाई नियन्त्रण लिइएको घटनाको प्रति राप्रपा निन्दा गर्दछ ।

राप्रपाले जनसंघर्ष अन्तर्गत चैत २८ गते सम्पूर्ण स्थानीय तहमा १ घण्टा धर्ना दिने, वैशाख ५ गते धर्म निरपेक्षताको प्लेकार्ड र व्यानर जलाउने, बैशाख ८ गते राजमार्ग र चोकहरुमा हुने सत्याग्रहलाई थप प्रभावकारी बनाउनेछ । राप्रपाले आज सञ्चालन गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेपले निर्वाध राजनीतिक परिचालन गर्ने मौलिक हक र अधिकार कुण्ठित गरेको छ, जनसंघर्ष अन्तर्गत पूर्व घोषित आगामी कार्यक्रमहरुको स्वतन्त्र अनुगमन र पर्यवेक्षणका लागि मानवअधिकारवादी संघ, संस्था, नागरिक समाज, राष्ट्रिय र अन्तराष्ट्रिय सञ्चारमाध्यमको राप्रपा ध्यान आकर्षित गर्दछ ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा आज भएको प्रशासनिक दमनबाट सयौं नेता तथा कार्यकर्ताहरु र बाटोमा आवतजावत गरिरहेका सर्वसाधारण नागरिक घाइते भएका छन्, राप्रपा सबै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

मोहन श्रेष्ठ

प्रचार विभाग प्रमुख, राप्रपा ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !