२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना असम्भव : प्रचण्ड

२७ चैत्र २०७५, बुधबार १५:१४

चैत २७, चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको यात्रा राष्ट्रिय सहमतिविना सम्भव नभएको बताएका छन् । माडी क्याम्पसको प्रथम ऐतिहासिक सभालाई आज सम्बोधन गर्दै उनले विकासमा प्रतिपक्ष र सत्तापक्ष नभनी एकजुट भएर लाग्नुपर्ने बताए । 

उनले नेपालमा अहिलेसम्मको राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सम्भव भएको बताउँदै भने, ‘विकास र समृद्धिको नयाँ यात्रा पनि राष्ट्रिय सहमतिबाटै अगाडि बढाउनुपर्छ ।’

शिक्षा क्षेत्रको विकासबाटै देशको विकास सम्भव हुने भन्दै उनले भने, ‘हाम्रा पुर्खा अशिक्षित भएर पनि बैरीसँग लडे, उनीहरुले निर्यात बढाए, हामी शिक्षित भएर पनि आयात बढाउँदैछौँ ।’ शिक्षालाई उत्पादनमुखी बनाउन आवश्यक रहेको उनको भनाइ थियो । 

शिक्षित युवा विदेश पलायत हुँदै गएको र यहाँ बालबालिका मात्रै रहेको भन्दै उनले यसले देशको विकास नहुने बताए । शिक्षामा सार्वजनिक र निजी सहकार्यका लागि उचित सन्तुलनसहित अघि बढ्नुपर्ने अध्यक्ष दाहालले बताए । 

निकुञ्जपारीको नगरपालिका माडी र भरतपुरका बीचमा दुई देशको जस्तो देखिएको बताउँदै उनले निकुञ्ज ऐन संशोधन गरेर माडीको विकास गर्नुपर्ने बताए । आगामी चार वर्षमा माडीको विकासमा कायापलट हुने बताउँदै उनले आउने वर्षमा सबैले देख्ने गरी माडीको रङ बदलिने बताए । 

राष्ट्रिय निकुञ्ज ऐन विसं २०२९ मा बन्दा माडीमा अहिलेजस्तो धेरै जनता नभएकाले त्यो ऐनले जनावर देख्ने तर जनता नदेख्ने उनको भनाइ थियो । ‘यो ऐन बदलेर यहाँ मान्छे पनि छन् भन्ने देखाउन बहस शुरु गरेको छु । बैठक गरेको छु प्रधानमन्त्रीसँग, वनमन्त्रीसँग, कर्मचारीसँग’, उनले भने, ‘राजनीतिक नेतृत्वले भनेको कुरा कर्मचारीतन्त्रले सजिलै मान्दैनन् । कर्मचारीतन्त्र कन्जरभेटिभ हुँदो रहेछ । राजनीतिक नेतृत्व सधैँ परिवर्तनका पक्षमा छ ।’ 

सो अवसरमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ पुस्तालाई हेरेर शिक्षा दिनुपर्ने बताए । प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै उहाँले आगामी शैक्षिकसत्र सम्ममा सबै स्थानीय तहमा प्राविधिक शिक्षा पु¥याइने बताए । हाल रहेका ७५३ स्थानीय निकायमध्ये ५५७ मा प्राविधिक शिक्षा पढाइ हुने गरेको उहाँले जानकारी दिए । शैक्षिक क्षेत्रको विकासबाटै देशको समृद्धि सम्भव भएको उनको भनाइ थियो । 

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ‘समृद्ध नेपाल सुखी नेपाली’को चाहना पूरा गर्नेतर्फ सरकार लागेको बताए । पहिलेको जस्तो अलपत्र योजना अब देख्न नपर्ने भन्दै उनले घोषणापत्रमा उल्लेख भएअनुसारका काम गरिने बताए । 

निर्वाचनपछिको पहिलो वर्ष समृद्धिको खाका कोर्ने काममा आफूहरु लागेको भन्दै उनले अब विकासले गति लिने उनले बताए । अब जनताले महसुस गर्ने गरी विकास देख्न पाउने महासेठको भनाइ थियो । उनले आउँदो चार वर्षमा एक हजार ८०० किलोमिटर हुलाकी सडक विस्तार गरिने बताए । 

क्याम्पस सञ्चालक समितिका अध्यक्ष तीर्थ भुसालको अध्यक्षतामा भएको कार्यक्रममा सांसद कृष्णभक्त पोखरेल, माडी नगरपालिका प्रमुख ठाकुर ढकाल, नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशी, क्याम्पस प्रमुख नेत्रप्रसाद गौतम, शिवनारायण गुरौलगायतले बोलेका थिए । सभाले १५ सदस्यीय नयाँ समिति चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो