१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट बाहिरिने निर्णय भएको छैन : अध्यक्ष यादव

२८ चैत्र २०७५, बिहीबार १५:०९

चैत २८, खोटाङ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आफ्नो पार्टीमा सरकारबाट बाहिरिने निर्णय नभएको बताएका छन् । 

दिक्तेलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने, सङ्घीय गणतन्त्र, समावेशीता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा पूरा नहुने अवस्था आएमा मात्र आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए । 

राजनीतिक कारण, मधेशी, आदिवासी, जनजाति, महिला, दलित र पिछिडिएका वर्गका मुद्दा अहिले पनि सम्बोधन हुन बाँकी रहेको उपप्रधानमन्त्री यादवले बताए । 

‘हामीले उठाएका मुद्दालाई सम्बोधन गरेर जाने समझदारीअनुसार हामी सरकारमा गएका हौँ’, उनले भने, ‘जुन कामका लागि हामी सरकारमा समावेश भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला मात्र हाम्रो बाटो फरक हुन सक्छ ।’ 

उपप्रधानमन्त्री यादवलले मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको स्पष्ट पारे । 

‘हामी आएर यो सरकार बनेको पनि होइन । हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होइन । दुई तिहाइ पु¥याउन हाम्रो आवश्यकता थियो’, उनले भने, ‘संविधान संशोधनलगायत व्यवस्था  सुधारको काम अगाडि बढोस् । हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो । अन्यथा जुनसुकै समयमा बाहिरिन सक्छौँ ।’   

उपप्रधानमन्त्री यादवलले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन थालेको जानकारी दिए । 

‘सरकारले हरेक जनतालाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ’, उनले भने, ‘स्वास्थ्य नीति लागू भएपछि कुनै पनि व्यक्ति उपचार खर्च अभावमा स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्दैन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट