१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट सरकारले मुलुकलाई समृद्धि बनाउछ

३० चैत्र २०७५, शनिबार १५:३०

चैत ३०, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जनताको आर्थिक विकास गरी मुलुकलाई समृद्धि बनाउन कम्युनिष्ट नेतृत्वको सरकारले मात्र सक्ने बताउनुभएको छ । 

काठमाडौँ महानगरपालिका–१५ ले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कर्यक्रममा पूर्वप्रधानमन्त्री खनालले सात दशक लामो प्रतिक्षापछि जनताले विकसित राष्ट्र निर्माणका लागि कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमतको जनादेशसहित जिम्मेवारी प्रदान गरेको बताउनुभयो । 

देशमा भएका विभिन्न राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएको कम्युनिष्ट आन्दोलनले लोकतन्त्र प्राप्तिमा निर्वाह गरेको भूमिका उल्लेखनीय रहेको बताउँदै उहाँले अब लोकतान्त्रिक मूल्य मान्यताको रक्षा र सामाजिक रुपान्तरणको अभिभारा कम्युनिष्ट सरकारको भएको बताउनुभयो ।  

देशमा विद्यमान गरीबीको न्यूनीकरणका लागि उत्पादनशील क्षेत्रमा लगानी गरी रोजगारी वृद्धि गरिने उहाँको भनाइ थियो । नेताहरु अष्टलक्ष्मी शाक्य, जीवनराम श्रेष्ठ, कामपा प्रमुख विद्यासुन्दर शाक्यलगायतले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट