१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकासका मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास’

१ बैशाख २०७६, आईतवार ०३:५१

वैशाख १, काठमाडौँ (रासस) | सभामुख कृष्णबहादुर महराले नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै विकासको मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नव वर्ष २०७६ साल शुभारम्भको पावन अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले नयाँ वर्षमा मुलुकको सामाजिक रुपान्तरण, विकास र समृद्धिका यात्रामा द्रुत गति पैदा हुने र सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारालाई सार्थक बनाउने उल्लेख गर्नुभएको छ । सभामुख महराले सन्देशमा भन्नुभएको छ, “आजदेखि हामीले २०७५ साललाई बिदा गरेका छौँ । सङ्घीय संसद्ले २०७५ सालमा मौलिक हकसम्बन्धी ऐन निर्माण गर्नुका साथै संविधानसँग बाझिएका थुप्रै ऐन, कानून संशोधन गरी संविधानलाई पूर्णता दिने वर्षका रुपमा बिताएको छ । राष्ट्रले यो वर्ष स्थायी शान्ति, दिगो विकास र समृद्धिको यात्रामा अघि बढ्ने आधार तयार गरेको छ ।”

उहाँले नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण गरी प्रगतिपथमा लम्किन सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख महराले नयाँ वर्ष २०७६ सालले नेपाली–नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावनाको विकास हुनुका साथै लोकतन्त्र, राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट