२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘विकासका मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास’

२०७६, १ बैशाख आईतवार ०३:५१

वैशाख १, काठमाडौँ (रासस) | सभामुख कृष्णबहादुर महराले नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै विकासको मार्गमा लम्किन २०७६ साल सफल हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नव वर्ष २०७६ साल शुभारम्भको पावन अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले नयाँ वर्षमा मुलुकको सामाजिक रुपान्तरण, विकास र समृद्धिका यात्रामा द्रुत गति पैदा हुने र सरकारले लिएको ‘समृद्ध नेपाल–सुखी नेपाली’को नारालाई सार्थक बनाउने उल्लेख गर्नुभएको छ । सभामुख महराले सन्देशमा भन्नुभएको छ, “आजदेखि हामीले २०७५ साललाई बिदा गरेका छौँ । सङ्घीय संसद्ले २०७५ सालमा मौलिक हकसम्बन्धी ऐन निर्माण गर्नुका साथै संविधानसँग बाझिएका थुप्रै ऐन, कानून संशोधन गरी संविधानलाई पूर्णता दिने वर्षका रुपमा बिताएको छ । राष्ट्रले यो वर्ष स्थायी शान्ति, दिगो विकास र समृद्धिको यात्रामा अघि बढ्ने आधार तयार गरेको छ ।”

उहाँले नयाँ वर्षसँगै हामी सबैमा सकारात्मक सोच, चिन्तन र विचारको विजारोपण गरी प्रगतिपथमा लम्किन सबैलाई सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ । सभामुख महराले नयाँ वर्ष २०७६ सालले नेपाली–नेपालीबीच आपसी सद्भाव, समझदारी र सहयोगी भावनाको विकास हुनुका साथै लोकतन्त्र, राष्ट्रियता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्दै देश तथा विदेशमा रहनुहुने समस्त नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !