२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्री विष्टको खुलाशा – प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने तयारी

२०७६, ३ बैशाख मंगलवार १४:०९

कमल पौडेल | वैशाख ३, बागलुङ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्ण विष्टले प्रत्येक पालिकामा कम्तिमा ४ सय युवाहरुलाई रोजगारी दिने कार्यक्रम संचालन गर्ने बताउनु भएको छ ।

विष्टले सरकारले जहाँ जे को सम्भावना छ त्यहि काम गरी देशलाई सम्वृद्धि तिर लैजान लागेको खुलासा गर्दै काठमाडौंमा रेल चलाउने गरि तयारी गरिरहेको बताउदै आगामी बजेटको सन्दर्भमा वोल्दै यस्तो खुलाशा गरेका हुन् । 

मंगलवार बागलुङको खर्वाङमा बडिगाड खोलामा पहिलो पटक र्याफ्टीङको उद्घाटन गर्दै मन्त्रि विष्टले राज्यको श्रोतको महत्वपूर्ण योगदान पर्यटन भएको भन्दै नदीको भरपूर परिप्रयोग हुनुपर्ने वताउनु भएको हो । उनले ढोरपाटनमा पुग्ने पर्यटकलाई बडिगाडमा र्याफ्टीङ गराएर फर्काउने गरि योजना वनाउनुपर्ने र त्यसको लागी सहयोग गर्न आफू तयार रहेको बताउनु भएको छ । 


मन्त्रि विष्टले सामाजिक सुरक्षाको दायरा बढाउँदै लैजाने, वृद्धवृद्धाको भत्ता बढाउने बताउनु भएको छ। कानुनि हिसावले २०८२ साल पछि कोहि पनि भोको नरहने, कोहि पनि परिवार आवास विहिन नहुने, कोहि पनी पढ्न, स्वास्थ्य सेवा वाट बन्चित नहुने गरि कानून तयार भैसकेको भन्दै मन्त्रि विष्टले सरकार सामाजिक न्यायका हिसावले अगाडि वढेको वताउनु भएको छ ।

मन्त्रि विष्टले स्थानिय वा राष्ट्रिय रुपमा घोषणा गरेको सवै प्रतिवद्धता ३ वर्ष भित्र सत प्रतिसत पुरा गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।


गुल्मीको मुसिकोट नगरपालिका र बागलुङको बडिगाड गाउँपालिका विचमा वग्ने बडिगाडमा झक्कले एग्रो टुरीजम् रिसोर्ट प्रालिले र्याफ्टीङ चलाउन लागेको हो। पर्यटन प्रवद्र्धनको उद्धेश्य सहित सुरु भएको कार्यक्रमलाई मुसिकोट नगरपालिकाले प्रवद्र्धन गर्ने जनाएको छ। औपचारीक कार्यक्रम पछि मन्त्री विष्ट सहितको टोली बागलुङको खर्वाङ बाट र्याफ्टीङ चढि गुल्मीको झेंदि सम्म पुगी त्यहाँको २ दिन अघि भत्किएको निर्माणधिन पुलको समेत अवलोकन गर्नुभएको थियो।


कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले बडिगाडको जल उपयोगको लागी बनाइएका योजना र कार्यान्वयनको पक्षको सन्दर्भ बताउनु भएको थियो। त्यस्तै नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसालले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का कार्यवाहक अध्यक्ष हिमा खरेलको अध्यक्षता, मुसिकोट नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्लेको स्वागत मन्तव्य तथा पत्रकार कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !