२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

मगर समुदायको योगदान महत्वपूर्ण छ : सभापति देउवा

२०७६, ४ बैशाख बुधबार १५:२८

बैशाख ४, धनगढी । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । 

नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्रतिनिधित्व गराउने गरी काङ्ग्रेस पार्टी अगाडि बढ्न लागेको बताए । 

प्रेस जगतमाथिको आक्रमण लोकतान्त्रिक व्यवस्थामाथिको आक्रमण भएको उल्लेख गर्दै देउवाले प्रेसमाथिको आक्रमण काङ्ग्रेसलाई सह्य नहुने उल्लेख गरे । 

उनले सरकारले पत्रकारितामाथि हस्तक्षेप गरेर निरङ्कुशता लाद्न खोजिरहेको आरोप लगाए । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले वर्तमान सरकार आफ्नै गतिविधिका कारणले जनताका नजरमा असफल भइसकेको दाबी गरे । 

कार्यक्रममा काङ्ग्रेसका अर्का केन्द्रीय सदस्य रमेश लेखकले कार्यकर्तामा जागरण ल्याउनुपर्नेमा जोड दिए । दुईदिने सो प्रशिक्षणमा २०० प्रतिनिधि सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !