२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा नेकपा त्याग्नेको लर्को, ४२ कार्यकर्ता कांग्रेसमा प्रवेश

५ बैशाख २०७६, बिहीबार ०६:३९

बैशाख ५, खोटाङ | नेपाल कम्युनिष्ट पार्टीका ४२ जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कम्युनिष्ट सरकारप्रति वितृष्णा र निराशा भएको भन्दै उनीहरुले मुलुकमा कांग्रेसमात्र सच्चा जनताको भावना बुझ्ने पार्टी भएको भन्दै ऐंसेलुखर्क गाउँपालिका –१ राखाबाङ्देलका नेकपाका कार्यकर्ता कांग्रेसमा आएका हुन् । खोटाङ कांग्रेसको आयोजनामा मंगलबार भएको नयाँ वर्ष २०७६ सालको शुभकामना आदान–प्रदान तथा आमसभा कार्यक्रममा पूर्व नेकपा एमाले तथा माओवादी पार्टी परित्याग गरि उनीहरु कांग्रेसमा प्रवेश गरेको कांग्रेसका जिल्ला सदस्य तथा संगठन विभाग प्रमुख समिर राईले जानकारी दिए । 

राखाबाङ्देलका पूर्व एमालेका वडा सचिव श्याम राईसहितको टोली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरुमा संजय राई, पूर्ण बहादुर मोची, रविन मोची, रामकुमार मोची, गुणाधन मोची, किस्वट राई, प्रकाश गिरी, रमेश गिरी, नारायण मोची, नेत्र बहादुर भुजेल, युवराज राई, रमिला परियार, कुमार राई छन् । यस्तै, सोही स्थानका खड्ग बहादुर सुनुवार, असारमान राई, बिनोद राई, सुरेन्द्र राई, राजन राई, सुमन राई, आषिश राई, सन्देश राई, श्याम थापा, दिपेश राई, मदन तामाङ, रोशन तामाङ, छत्र तामाङ, महेन्द्र तामाङ, वीरकुमार सुनुवार, गोवर्धन राई कांग्रेसमा प्रवेश गरेका छन् । 

यसैगरी, राजकुमार तामाङ, मोहन राई, सन्तोष विष्ट, खिल बहादुर बस्नेत, हेमकाजी खुलाल, नीरकुमार तामाङ, भद्रलाल तामाङ, जोन राई, सेर्वा राई, सुजन राई, हुरोन राई लगायत नेकपा परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन् । 

मुलुकमा लोकतन्त्र प्राप्त भएपनि कम्युनिष्ट सरकार लोकतन्त्रको रक्षाको सट्टा अधिनायकवादतर्फ उन्मुख भएकाले कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन् । पार्टीमा प्रवेश गर्ने नव प्रवेशीहरुलाई खोटाङ कांग्रेसका सभापति नरेशकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य हिरा गुरुङ, पूर्व सांसद तथा महासमिति सदस्य सरस्वती बजिमयले माला अविर लगाएर स्वागत गर्दै पार्टीको चारतारे झण्डा हस्तान्तरण गरेकी छिन् । नव प्रवेशीहरुको लर्कोलाई आधार मान्दै खोटाङ कांग्रेसका जिल्ला सभापति श्रेष्ठले कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको दावी गरे । नव प्रवेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने उनले प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रम नेपाली कांग्रेस एेंसेलुखर्क गाउँपालिकाका संयोजक हरेरामराज भण्डारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा महाधिवेशन प्रतिनिधि तथा ऐंसेलुखर्क गाउँपालिकाका प्रमुख विश्वनाथ निरौला लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य