२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको बन्दको दिन प्रचण्ड सुटुक्क सुकुटेमा, यसअघि पनि बन्दकै दिन सुकुटे पुगेका थिए

२०७६, ५ बैशाख बिहीबार १०:४८

वैशाख ५, सिन्धुपाल्चोक । विप्लब नेकपाको बन्दको असरले उपत्यका बाहेक अन्य जिल्ल्लाको जनजीवन प्रभावित भईरहेको बेला नेकपा अध्यक्ष प्रचन्ड भने सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । 

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन निकै कम चलेको अवस्थामा उनि आराम गर्न भन्दै सुकुटे पुगेका हुन् । 

प्रचण्डसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा पनि सुकुटे पुगेका छन् । 


यस अघि प्रधानमन्त्री बनेको बेला पनि विप्लबकै बन्दको दिन पारेर प्रचण्ड सुकुटे पुगेका थिए । त्यतिबेला पनि प्रचण्ड रिफ्रेस हुन भन्दै सुकुटे पुगेका थिए । त्यतिबेला सरकार गठन भएको सय दिन पुगेपछि प्रचण्ड आराम गर्नको लागि सिन्धुपाल्चोक पुगेका थिए । संयोगनै किन नहोस् आज पनि उनि विप्लबको बन्दकै दिन पारेर सुकुटे पुगेका छन् । 

फरक यत्ति हो कि त्यतिखेर विप्लबको बन्द खाद्य सम्प्रभुताको अधिकार सुनिश्चित गर्नको लागि भन्दै भएको थियो भने आजको बन्द सरकारले आफूमाथि लगाएको प्रतिबन्ध बिरुद्ध छ । 

राष्ट्रिय राजनीतिमा विवाद उत्कर्षमा पुग्दा, पार्टीभित्र विवाद चर्कदा प्रचण्ड सुकुटे रिसोर्ट पुग्ने गरेका छन् । राजधानीबाट तीन घण्टाको बीचमा पुग्न सकिने रिसोर्ट भोटेकोसीको किनारामा रहेको छ । सुविधा सम्पन्न रिसोर्टमा बसेर प्रचण्डले योजना बनाउने गरेका छन् । पार्टीको महत्वपूर्ण राजनीतिक प्रतिवेदन बनाउन प्रचण्ड त्यस रिसोर्ट पुग्ने गरेको बताइन्छ । प्रचण्ड पटक-पटक सो रिसोर्ट पुग्ने गरेका छन् । 

(माथिको तश्वीर प्रचण्ड प्रधानमन्त्री भएको बेलाको हो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !