१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

६ बैशाख २०७६, शुक्रबार ०६:२६

बैशाख ६, काठमाडौँ – नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । 

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो । 

त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको अवसरमा नेविसङ्घ काठमाडौँले पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उपत्यकास्तरीय शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

यसैगरी, नेविसङ्घ निवर्तमान केन्द्रीय समितिले ‘वर्तमान परिस्थिति र नेपाल विद्यार्थी सङ्घको भूमिका’ खुला बहस कार्यक्रम, नेविसङ्घ पद्यकन्या बहुमुखी क्याम्पसको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम, नेविसङ्घ धादिङ काठमाडौँ सम्पर्क समितिले दीप प्रज्वलन कार्यक्रम, नेपाल ल क्याम्पसको आयोजनामा चियापान तथा दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।

नेविसङ्घका विभिन्न जिल्ला समितिले पनि आफ्नो स्थापना दिवस भव्यताका साथ मनाउन लागेका छन् । नेविसङ्घका नेता लीलावल्लभ दाहाल ‘काका’ नेविसङ्घको केन्द्रीय समिति नभएको वर्तमान अवस्थामा विभिन्न जिल्ला र क्याम्पस समितिको आयोजनामा स्थापना दिवस मनाउन लागिएको बताउँछन् । 

नेविसङ्घका निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारी नेविसङ्घको स्वर्ण जयन्ती केन्द्रीय समिति नभएको अवस्थामा दुःखदका साथ मनाउनुपरेको बताउँछन् । “इतिहास बोकेको विद्यार्थी सङ्गठनको स्वर्णदिवस नेतृत्व नभएको अवस्थामा मनाउनु परेको छ”, उनले भने । 

विसं २०२७ मा स्थापना भएको नेविसङ्घको वर्तमान नेतृत्वले राजीनामा दिएसँगै नेविसङ्घ केन्द्रीय समिति अहिले नेतृत्वविहीन बन्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट