2026-10-15 01:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सुर्खेतमा धर्म निरपेक्षताको व्यानर जलाइयो

बैशाख ६, सुर्खेत । नेपालमा आएको गणतन्त्र संगै घोषणा भएको धर्मनिरपेक्ष राष्ट्र घोषणालाई बारे विरोध गर्दै  हिन्दुराष्ट्रको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेतमा धर्म निरपेक्षता अंकित व्यानर जलाएको छ । हिन्दु राष्ट्र पुनस्र्थापना सहित २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा रहेको पार्टीले शुक्रबार मंगलगढी चौकमा झण्डा जलाएको हो ।

वीरेन्द्रनगरको पार्टी कार्यालयबाट निस्किएको र्यालीले मंगलगढी चौकमा पुगेको थियो । मंगलगढी चोकमा कोणसभा गरेर धर्म निरपेक्षताको खारेजीको माग गर्दै व्यानर जलाएको हो । कार्यक्रममा राप्रपा प्रदेश अध्यक्ष धनबहादुर बुढा, केन्द्रीय सदस्य तुलाराम गिरी, जिल्ला अध्यक्ष मानबहादुर खड्का लगायत  नेताहरुको सहभागीतामा व्यानर जलाइएको पार्टी प्रचार विभाग सदस्य प्रेम बिसिले जानकारी दिए ।

गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आम जनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको बिसीको भनाई छ । पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि समेत सम्पन्न गरेको छ ।

आज राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने एवम् आफ्ना मागहरू बारे सरकार गम्भीर नभए पार्टीको निर्णय अनुसार दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेर अगाडि बड्ने चेतावनी दिएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित