2026-10-15 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लामा राप्रपा नेपालका १२ नेता कार्यकर्ता पक्राउ

बैशाख ६ जुम्ला । धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै आन्दोलनमा उत्रिएका राप्रपा नेपाल जुम्लाका १२ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । सदरमुकाम खलंगाको बालमन्दिर नजिकै धर्मनिरपेक्षता लेखिएका ब्यानर, पम्पलेट जलाउँदै गरेको नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय अगाडी उक्त कागजपत्र जलाउने राप्रपा जुम्लाको कार्यक्रम थियो । तर बाक्लो प्रहरी परीचालन हुँदा उनिहरुले बालमन्दिर नजिकै जलाइएका थिए । सोही क्रममा प्रहरी र राप्रपा कार्यकर्ताबीच धकेलमकेल समेत भएको थियो । राप्रपा नेपाल जिल्ला कार्य समिति जुम्लाले स्वतन्त्रपूर्वक गरिएको शान्तिपूर्ण आन्दोलन माथि प्रहरीले हस्तक्षेप गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेको छ ।  

राप्रपा नेपालका युवा नेता अनुप थापाले प्रहरी नियन्त्रणमा रहेका आफ्ना पाटीका नेता कार्यकर्तालाई तत्काल रिहाईको माग गरेका छन् । पक्राउ पर्नेहरुमा पाटीका केन्द्रीय सदस्य धनबहादुर थापा, जिल्ला कार्य समिति जुम्लाका सचिव श्रीकृष्ण बुढा र जुम्लाका प्रवक्ता अंगदप्रसाद देवकोटा लगायतका नेता कार्यकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नियन्त्रणमा लिईएका नेता कार्यकर्तालाई छोड्ने वा राख्ने भन्ने बिषयमा केन्द्रबाट आउने परिपत्र अनुसार अघि बढ्ने बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने