१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुन्छ: प्रचण्ड

११ बैशाख २०७६, बुधबार ११:२१

वैशाख ११, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताउनुभएको छ ।  महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने  बताउनुभयो । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने उहाँले बताउनुभयो । 

पूर्वप्रधानमन्त्री दाहालले सरकार गठन भएको पहिलो एक वर्षमा कानून निर्माण, छिमेकी मुलुकसँगको सन्तुलित सम्बन्ध र भौतिक पूर्वाधार निर्माणको शुरुआतको हिसाबले महत्वपूर्ण भएको र  सकारात्मक कामको शुरुआत भएको बताउँदै भन्नुभयो, “हामीले निर्वाचनको समयमा गरेको सङ्कल्पअनुसार नै विकासको काम शुरु भएको छ र त्यसरी नै अघि बढ्नेछ ।”


उहाँले पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा सुधारको सङ्केत देखिन थालेको बताउनुभयो । पहिले निजी विद्यालयमा भन्दा सामुदायिकमा भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर र अनुशासनमा कमजोर भए पनि अहिले ती पक्षमा सुधार भएर निजीसँग प्रतिस्पर्धा गर्न सक्ने भएको उहाँले प्रष्ट पार्नुभयो । लामो समयदेखि नेपालको शिक्षा बेरोजगार उत्पादन गर्ने खालको भए पनि अहिले रोजगारी सिर्जना गर्ने शिक्षालाई सरकारले प्राथमिकता दिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयहरु यसरी नै सुधार हुँदै जाने हो भने केही वर्षभित्र सबै नेपालीका छोराछोरी सामुदायिकमै केन्द्रित हुनेछन् ।”

सो अवसरमा महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा उल्लेखनीय सुधार भइरहेको बताउनुभयो । निजीबाट सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी सङ्ख्या बढिरहेको बताउँदै उहाँले नगरभित्रका विद्यालयमा प्राविधिक शिक्षा विस्तार भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षमा तीन विद्यालयमा प्राविधिक शिक्षा शुरु भएकामा आगामी वर्षमा दुई विद्यालयमा थप्ने योजना छ ।” विद्यालयका प्रधानाध्यापक मीनबहादुर अछामीले विद्यालयमा भौतिक सुधार हुँदा शैक्षिक सुधारमा समेत सघाउ पुग्ने बताउनुभयो । शहरी वातावरण व्यवस्थापन समाज नामक संस्थाले विद्यालयमा आठकोठे भवनको निर्माण गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट