2026-08-29 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुख्यमन्त्री पौडेलद्वारा श्रमिक दिवसको शुभकामना

वैशाख १८, हेटौँडा (रासस) | प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले १३०औँ श्रमिक दिवसका अवसरमा जीवन र रोजगारीको समेत प्रवाह नगरी लोकतन्त्र प्राप्तिका आन्दोलनमा होमिएका नेपाली श्रमिकप्रति सम्मान व्यक्त गर्नुभएको छ ।

चीन भ्रमणमा रहनुभएका पौडेलले एक सन्देश प्रकाशन गरी नेपाली श्रमिकहरुलाई बधाई तथा शुभकामना दिँदै नेपालको राजनीतिक परिवर्तनमा नेपाली श्रमिकले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

“आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको मागसहित शुरु भएको अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनले आज १३० वर्ष पूरा गरेको छ । यस  सुखद् अवसरमा नेपाली श्रमिक वर्गलाई १३०औँ मे दिवसको धेरै धेरै बधाई र शुभकामना व्यक्त गर्दछु । नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गले आफ्नो रोजगारी र जीवनको प्रवाह नगरी ऐतिहासिक भूमिका निर्वाह गरेकामा उच्च समान प्रकट गर्दछु । यो वर्ष श्रमिकपक्षीय ऐन, कानून, नियमावली निर्माण भई कार्यान्वयनमा आइसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा योजना सकारात्मक काम हो । नेपाली श्रमिक वर्गलाइ धेरै धेरै बधाई” सन्देशमा उल्लेख छ ।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसहितको भ्रमण टोलीमा मुख्यमन्त्री पौडेल सहभागी हुनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो