Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री विष्ट भन्छन् : लाखौं युवालाई देशभित्रै रोजगारी दिन्छौं, विदेश नजानुस

२०७६, १८ बैशाख बुधबार १२:१७

बैशाख १८, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने शोषण अन्त्य गर्ने घोषणा गरेका छन । १३० औँ मजदुर दिवसका अवसरमा बुधबार संयुक्त ट्रेड युनियनले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा मन्त्री विष्टले शक्ति केन्द्रको आडमा श्रमिकमाथि हुने अन्त्य गर्ने घोषणा गरेका हुन् ।

‘चाहे दशभित्र काम गर्ने या विदेशमा काम गर्नेको सन्दर्भमा कुनै बहानामा शक्तिकेन्द्रको आडमा शोषण गर्ने कुरालाई सहने छैन’, उनले भने, ‘श्रमिकमाथि कुनै पनि प्रकारका शोषणहरूको अन्त्य गरिनेछ। श्रमिकपक्षीय समाज निर्माण गर्ने गरी सरकार अघि बढेको छ। बोल्न मात्रै मैले बोलेको होइन, साँचो अर्थमा परिवर्तन दिलाउन बोलेको हो ।’

विगतमा नेपालका श्रमजिवी वर्गहरूको निकै निरीह अवस्था रहेको बताउँदै मन्त्री विष्टले भने, 'विगतमा ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा चिन्ता भएका नेपाली श्रमजिवीको पक्षमा रहेर सरकारले काम गरिरहेको छ। श्रमिकहरूको दयनीय अवस्था सुधार गरी सरकारले श्रमिकहरूको हकहितका लागि सामाजिक सुरक्षाको ग्यारेन्टीसहित सामाजिक सुरक्षा योजना लागू गरेको छ।’ 

सरकार, रोजगारदाता र श्रमिकहरूकै त्रिपक्षीय समझदारीमा तय गरिएको श्रम ऐनको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए । सरकारले लागू गरेका न्युनतम पारिश्रमिक लागू नभए कार्यन्वयनका लागि सरकारले कुनै कसुर बाँकि नराख्ने उनले स्फष्ट पारे ।  सामाजिक सुरक्षा कार्यक्रमको कार्यन्वयनका लागि रोजगारदाताको सहयोग आवश्यक रहेको उनले बताए । 

देशभित्रै प्रशस्त रोजगारी सिर्जना गरी ५ वर्ष भित्रमा बाध्यकारी वैदेशिक रोजगारलाई अन्त्य गर्ने उदेश्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन पक्षलाई सुदृढ ढंगबाट अगाडि बढाउने मन्त्री विष्टको भनाइ थियो। ‘सरकारले बेरोजगारको सूची तयार गरिरहेको छ। सरकारले यही आर्थिक वर्षमा ५० हजार भन्दा धेरै जनशक्तिलाई नेपालमै रोजगारी दिने गरी काम गर्दै छ’, उनले भने, ‘आगामी बजेटमा थप ९० हजार जनशक्तिलाई रोजगारी दिने गरी बजेटमा व्यवस्था गरेको छ ।’

‘सकेसम्म काम काम दिन नसके निर्वाह भत्ता दिने गरी सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अघि सारेको छ, अब बल छउन्जेल काम र बुढेसकालमा अलपत्र कोही पनि पर्नुपर्दैन, हामी सबै श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउँछौं’ मन्त्री विष्टले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना