१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने निर्णय

२१ बैशाख २०७६, शनिबार १८:४०

वैशाख २१, विराटनगर (रासस) | विराटनगर महानगरपालिकाले प्रदेश नं १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने निर्णय गरेको छ । महानगरपालिको आज यहाँ बसेको बोर्ड बैठकले नेपालको राजनीतिक, ऐतिहासिक, औद्योगिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शहर विराटनगरलाई स्थायी राजधानी बनाउनुुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशस्तरीय बैठकले प्रदेश नं १ को राजधानी बृहत् विराट क्षेत्रभित्र निर्माण गर्न संसद्मा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको यहाँ आज आयोजित सर्वपक्षीय छलफल कार्यक्रमा जनाएको छ ।

बैठकले प्रदेशको राजधानी विराटनगर बाहिर लगेमा महानगरपालिकाको नेतृत्वमा आन्दोलन गरिने बताइयो । बैठकलले राजधानी विक्रेन्द्रीकरण गर्ने र दीर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै बृहत् छलफल र भेला गर्ने निर्णय गरेको छ । 

महानगरपालिका प्रमुख भीम पराजुुलीले विकेन्द्रीकरणको नाममा “विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ‘र’ ऐतिहासिक महत्व बोकेको विराटनगरको विकल्प खोज्नु हँुदैन”, भन्नुभयो । उहाँले स्थायी राजधानीका लागि महानगरले जग्गा भवनलगायत सबै प्रकारको व्यवस्था मिलाइसकेको र त्यसका लागि ठूलो धनराशि खर्च भइसकेकाले राजधानी विराटनगरमा कायम गर्न प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो । उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई निःर्शत स्थायी राजधानी बनाउनुुपर्नेमा जोड दिनुभयो । 

बोर्ड बैठकमा महानगरपालिकाका–१९ वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यको   सहभागिता रहेको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले बताउनुभयो । (तस्बीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट