२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

प्रदेश नं १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने निर्णय

२०७६, २१ बैशाख शनिबार १८:४०

वैशाख २१, विराटनगर (रासस) | विराटनगर महानगरपालिकाले प्रदेश नं १ को स्थायी राजधानी विराटनगर हुनुपर्ने निर्णय गरेको छ । महानगरपालिको आज यहाँ बसेको बोर्ड बैठकले नेपालको राजनीतिक, ऐतिहासिक, औद्योगिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको शहर विराटनगरलाई स्थायी राजधानी बनाउनुुपर्नेमा बैठकले जोड दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेशस्तरीय बैठकले प्रदेश नं १ को राजधानी बृहत् विराट क्षेत्रभित्र निर्माण गर्न संसद्मा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको यहाँ आज आयोजित सर्वपक्षीय छलफल कार्यक्रमा जनाएको छ ।

बैठकले प्रदेशको राजधानी विराटनगर बाहिर लगेमा महानगरपालिकाको नेतृत्वमा आन्दोलन गरिने बताइयो । बैठकलले राजधानी विक्रेन्द्रीकरण गर्ने र दीर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै बृहत् छलफल र भेला गर्ने निर्णय गरेको छ । 

महानगरपालिका प्रमुख भीम पराजुुलीले विकेन्द्रीकरणको नाममा “विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ‘र’ ऐतिहासिक महत्व बोकेको विराटनगरको विकल्प खोज्नु हँुदैन”, भन्नुभयो । उहाँले स्थायी राजधानीका लागि महानगरले जग्गा भवनलगायत सबै प्रकारको व्यवस्था मिलाइसकेको र त्यसका लागि ठूलो धनराशि खर्च भइसकेकाले राजधानी विराटनगरमा कायम गर्न प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको छ भन्नुभयो । उपप्रमुख इन्दिरा कार्कीले विराटनगरलाई निःर्शत स्थायी राजधानी बनाउनुुपर्नेमा जोड दिनुभयो । 

बोर्ड बैठकमा महानगरपालिकाका–१९ वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यको   सहभागिता रहेको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले बताउनुभयो । (तस्बीर उपलब्ध छ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !