२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को नाम ‘लुम्बिनी’ पक्का-पक्कि, राजधानी रुपन्देही, दाङ कि कपिलवस्तुमा ?

२०७६, २१ बैशाख शनिबार १९:४१

वैशाख २२, काठमाडौँ | प्रदेश नं ५ को नाम लुम्बिनी राखिने पक्का-पक्कि भएको छ । तर राजधानीको बिषयमा भने अझै केहि बिबाद बाँकी छ । प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो । जसमा राजधानी कहाँ राख्ने भन्नेमा दुई नाम सुझावको रुपमा छन् दाङ वा बुटवल, कहिले सुझावमा कपिलवस्तुको नाम पनि दिएका छन् ।

शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको हो । सो प्रतिवेदन आज आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ । हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरिएको हो । प्रदेशको राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने अन्तिम तयारी भएको छ । 

सुझावसहितको प्रतिवेदनमा प्रदेशको स्थायी राजधानीका लागि चर्चामा रहेका रुपन्देही र दाङलाई सिफारिस गरिएको छ । सुझावका क्रममा बनाइएको प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा समितिले सिफारिस गरेको हो । धेरै सुझाव रुपन्देही र दाङमा रहेको छ । उपसमितिले तेस्रो नाममा कपिलवस्तुलाई सिफारिश गर्ने टुंगो लगाएको छ । 

समितिले संकलन गरेको सुझावमा १३ सय १२ जनालाई प्रश्न सोधिएको थियो । त्यसमध्ये रुपन्देही र दाङले मात्रै संख्याको १० प्रतिशतभन्दा बढी मत पाएका छन् । विशेष समितिको शनिबार बसेको बैठकले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिश गर्दैछ । सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि उल्लेख छन् । तर प्रदेश सांसदहरु अधिकांशको मत लुम्बिनी राख्नेमा छ  । राजधानीको बिषयमा भने सांसदहरु खुल्न सकेका छैनन् । 

राजधानीको कारण विवाद आउने देखेर केहिले राजधानी हालकै स्थानमा राखेर दाङ र कपिलवस्तुमा सम्पर्क कार्यालय राख्न सुझाव दिएका छन् । भौतिक पूर्वाधारलाई हेर्दा प्रदेश ५ को राजधानी हालकै रुपन्देही उपयुक्त हुने केहिको तर्क छ । राजधानी कहाँ राख्ने भन्ने बिषयमा सांसदहरुलाई आजको बैठकमा टाउको दुखाईको बिषय हुने देखिएको छ । सबैलाई पायक पर्ने हिसावले दाङनै उपयुक्त हुने केहि सांसद को तर्क रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !