१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ५ को नाम ‘लुम्बिनी’ पक्का-पक्कि, राजधानी रुपन्देही, दाङ कि कपिलवस्तुमा ?

२१ बैशाख २०७६, शनिबार १९:४१

वैशाख २२, काठमाडौँ | प्रदेश नं ५ को नाम लुम्बिनी राखिने पक्का-पक्कि भएको छ । तर राजधानीको बिषयमा भने अझै केहि बिबाद बाँकी छ । प्रदेश सभामा राजधानी सिफारिश गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई सुझाव सहितको प्रतिवेदन दिएको हो । जसमा राजधानी कहाँ राख्ने भन्नेमा दुई नाम सुझावको रुपमा छन् दाङ वा बुटवल, कहिले सुझावमा कपिलवस्तुको नाम पनि दिएका छन् ।

शनिबार बसेको बैठकले १२ वटै जिल्लाबाट संकलन भएको सुझावका आधारमा प्रतिवेदन बनाएको हो । सो प्रतिवेदन आज आइतबार बिहान बस्ने मुल समितिको बैठकले अन्तिम रुप दिनेछ । हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरिएको हो । प्रदेशको राजधानी र नाम सिफारिश गर्न बनेको विशेष समितिले बनाएका ६ वटा उपसमितिले तयार पारेको सुझावलाई समेटेर बनाएको प्रतिवेदन प्रदेश सभामा पेश गर्ने अन्तिम तयारी भएको छ । 

सुझावसहितको प्रतिवेदनमा प्रदेशको स्थायी राजधानीका लागि चर्चामा रहेका रुपन्देही र दाङलाई सिफारिस गरिएको छ । सुझावका क्रममा बनाइएको प्रश्नपत्रमा लेखिएका उत्तरका आधारमा समितिले सिफारिस गरेको हो । धेरै सुझाव रुपन्देही र दाङमा रहेको छ । उपसमितिले तेस्रो नाममा कपिलवस्तुलाई सिफारिश गर्ने टुंगो लगाएको छ । 

समितिले संकलन गरेको सुझावमा १३ सय १२ जनालाई प्रश्न सोधिएको थियो । त्यसमध्ये रुपन्देही र दाङले मात्रै संख्याको १० प्रतिशतभन्दा बढी मत पाएका छन् । विशेष समितिको शनिबार बसेको बैठकले १२ जिल्लामा पुगेर संकलन गरेको सुझावका आधारमा प्रदेशको नाम लुम्बिनी राख्न सिफारिश गर्दैछ । सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू पनि उल्लेख छन् । तर प्रदेश सांसदहरु अधिकांशको मत लुम्बिनी राख्नेमा छ  । राजधानीको बिषयमा भने सांसदहरु खुल्न सकेका छैनन् । 

राजधानीको कारण विवाद आउने देखेर केहिले राजधानी हालकै स्थानमा राखेर दाङ र कपिलवस्तुमा सम्पर्क कार्यालय राख्न सुझाव दिएका छन् । भौतिक पूर्वाधारलाई हेर्दा प्रदेश ५ को राजधानी हालकै रुपन्देही उपयुक्त हुने केहिको तर्क छ । राजधानी कहाँ राख्ने भन्ने बिषयमा सांसदहरुलाई आजको बैठकमा टाउको दुखाईको बिषय हुने देखिएको छ । सबैलाई पायक पर्ने हिसावले दाङनै उपयुक्त हुने केहि सांसद को तर्क रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट