३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रदेश ५ को राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बियो, दाङको पक्षमा ५५३ सुझाव

२२ बैशाख २०७६, आईतवार ०९:३८

वैशाख २२, बुटवल | प्रदेश नम्बर ५ को नाम र राजधानी तोक्ने प्रक्रिया थप लम्बिने भएको छ । आइतबार बिहान बसेको विशेष समितिको बैठकले नाम र राजधानीका लागि विज्ञ समिति बनाएर सुझाव लिने निर्णय गरेको छ । सुझाव संकलन गर्ने विशेष समिति मातहतको उपसमितिले  प्रतिवेदन बुझाएपनि मुल समितिले त्यसलाई अन्तिम रुप दिन नसकेको कारण राजधानी र नामाकरण तोक्ने प्रक्रिया लम्बिने भएको हो ।

अब यसका लागि सचिवालयले विज्ञ समिति गठन गर्ने, थप छलफल र सुझाव लिएपछि मात्रै मुल समितिले प्रतिवेदन तयार गर्ने भएको छ । यदी मूल समितिले आज यो बिषय टुंग्याउन सकेको भए आजै प्रदेश नम्बर ५ को राजधानी हुने स्थान र नामको टुंगो लाग्ने थियो तर आज नभएपछी अब यो प्रक्रिया अर्को हिउँदे अधिवेशनको लागि सरेको छ । प्रदेशसभाको हिउँदे अधिवेशन आज अन्त्य हुँदैछ ।

राजधानी कहाँ राख्ने भन्ने बारे सांसदहरुको मतभेद हुने पक्का भएको र राजनीतिक रुपमा समेत तनाब हुने अनुमान लगाई सांसदहरुले थप छलफल र सुझावको आधारमा प्रदेश ५ को नाम र राजधानीको निर्णय लिने बाटो समाएका छन् । अर्को अधिवेशनका लागि यो बिषय सरेपछी प्रदेश नामाकरण र राजधानीबारे निर्णय झन्डै एक बर्ष पछाडी धकेलिने देखिएको छ । 

प्रदेश ५ को नामाकरणको लागि लुम्बिनी नाम राख्ने बिषयमा सांसदहरुको बहुमत भए पनि राजधानी दाङमा कि रुपन्देहीमै राख्ने भन्ने बिषयमा मतभेद देखिएको छ । 

१२ वटै जिल्लाबाट संकलन भएका १३ सय १२ सुझावको गणना गरेर जिल्ला तोकिएको छ । सुझावमा सबैभन्दा बढी दाङले ५ सय ५३ मत पाएको छ भने रुपन्देहीले ३५० पाएको छ । यस आधारलाई हेर्ने हो भने दाङमा राजधानी हुनुपर्ने मत धेरैको छ । 

विशेष समितिको शनिबार बसेको बैठकले सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू सुझावमा आएको जनाएको थियो । जसमा प्रदेश सांसदहरु अधिकांशको मत लुम्बिनी राख्नेमा छ  । राजधानीको बिषयमा भने सांसदहरु खुल्न सकेका छैनन् । 

राजधानीको कारण विवाद आउने देखेर केहिले राजधानी हालकै स्थानमा राखेर दाङ र कपिलवस्तुमा सम्पर्क कार्यालय राख्न सुझाव दिएका छन् । भौतिक पूर्वाधारलाई हेर्दा प्रदेश ५ को राजधानी हालकै रुपन्देही उपयुक्त हुने केहिको तर्क छ । सबैलाई पायक पर्ने हिसावले दाङनै उपयुक्त हुने केहि सांसदहरुको तर्क छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ