2026-07-07 08:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोषी ठहरिए कारवाही भोग्न तयार छु : महासचिव पौडेल

वैशाख २३, काठमाडौँ । नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनका लागि माग गर्नुभएको छ ।सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममाथि  प्रतिनिधिसभाको आजको छलफलका क्रममा उहाँले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न पनि  आफू तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

महासचिव पौडेलले भन्नुभयो, “ललिता निवास  जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।” उहाँले सरकारको नीति तथा कार्यक्रम दोहोरो अङ्कको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजनासहितको तीन खम्बे नीतिमा आधारित छ भन्नुभयो ।महासचिव पौडेलले भन्नुभयो, “ नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिनेछ, समृद्धिका लागि योगदान पु¥याउनेछ र क्षेत्रगत विकासका योजना अघि सारेको छ ।”

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का रेखा शर्माले भौतिक र मानव विकासलाई सँगै जोडेर आएको नीति तथा कार्यक्रममा धेरै सकारात्मक विषय समेटिएको छ भन्नुभयो ।उहाँले कार्यक्रम कार्यान्वयनमा देखापरेका चुनौतीलाई ठिक ढङ्गबाट अघि बढाउन सकियो भने संविधानले कल्पना गरेको समाजवाद  सहजै भेटिने धारणा व्यक्त गर्नुभयो ।मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलमा  बलिदान दिएका  व्यक्तिलाई  राहत उपलब्ध गराउने कुरा  नीति तथा कार्यक्रममा समेटिनुपर्नेमा सांसद शर्माले जोड दिनुभयो ।

नेपाली काङ्ेग्रसकी सीताकुमारी यादवले सरकारको नीति र कार्यक्रम झुठको पुलिन्दा मात्र भएको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “१० वर्षअघि चलाएको स्टिमर र ८० वर्षअघि चलाएको रेललाई आफ्नो उपलब्धिका रुपमा व्याख्या गर्नु गाईजात्रे कुरा मात्र हो, सङ्घीयता र प्रेस स्वतन्त्रतालाई बलियो तुल्याउने कुनै कार्यक्रम यो नीति तथा कार्यक्रममा परेकै छैन । नीति तथा कार्यक्रम विद्यमान नीति र विधि  विपरीत आएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रप्रसाद यादवले सरकारको नीति तथा कार्यक्रम परम्परागत मात्र नभई केवल सपना मात्र बाँढ्ने ढङ्गबाट आएको बताउनुभयो ।उहाँले भन्नुभयो, “सङ्घीयताको भावनाबाट नभई केन्द्रिकृत सोचबाट आएको नीति तथा कार्यक्रमले कुनै क्षेत्रलाई समेट्न सकेको छैन, यसमा संविधान संशोधनको कुरा परेको छैन, यदी संविधान संशोधन नहुने हो भने संविधानलाई सर्वस्वीकार्य बनाउन सकिन्न  ।”

सङ्घीय समाजवादी फोरम नेपालकी  सरिता गिरीले स्थानीय तह र प्रदेशलाई काम गर्न दिने ढङ्गबाट बजेटको व्यवस्था गर्न र वातावरण सन्तुलन कायम राख्ने विषयलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

नेकपाका  शेरबहादुर तामाङले नीति तथा कार्यक्रम हेर्दा रोजगारी र पूर्वाधार निर्माणजस्ता राम्रा कुरा रहेपनि विद्यमान समस्या सम्बोधन गर्नेतर्फ ध्यान पु¥याउन नसकेको टिप्पणी गर्नुभयो ।

 उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम शतप्रतिशत ठिक छ तर कार्यान्वयन गर्ने बेलामा २० प्रतिशतमा झार्न भएन, भ्रष्टाचार, कमीशनतन्त्र, अनियमिता र ढिलासुस्ति अन्त्य भए कार्यक्रम कार्यान्वयन हुनेमा शङका रहन्न ।”

 नेपाली काङ्ग्रेसका दिव्यराज राजभण्डारीले सांसदलाई दिएको सुविधा खोसेर मन्त्रीमा केन्द्रित गर्न खोज्ने नीति तथा कार्यक्रमले के जनतालाई राहत दिन सक्ला ? भन्नुभयोे ।

राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले एकाङ्की, एकात्मक र दलविशेषको आङ्काक्षा पूरा गर्ने ढङ्गबाट ल्याइएको यो नीति तथा कार्यक्रम यथार्थको धरातलभन्दा धेरै पर रहेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय परेको छैन, जबसम्म मधेशको यस्ता मुद्दाको सम्बोधन हँुदैन तबसम्म मुलुकको विकास र समृद्धि सम्भव छैन, संविधानलाई सर्वस्वीकार्य बनाउने हो भने संविधान संशोधन गरिनुपर्छ ।”  

नेकपाका शशी श्रेष्ठले नीति तथा कार्यक्रमले आम जनतामा जगाएको आशालाई बजेटमार्फत सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सीमा समस्या  समाधान, भ्रष्टाचार नियन्त्रण, सङ्घ र प्रदेश तथा स्थानीय तहबीच  समन्वयन सम्बन्धी विषयलाई समेट्न आवश्यक छ, नीति तथा कार्यक्रमको बाचन हुँदा प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्दले देश विदेशमा राम्रो सन्देश दिएको छैन, सभामुख र अध्यक्षलाई सम्माननीय भनेर सम्बोधन गर्नुपर्नेमा माननीय मात्र भन्नुमा लेखाइमा त्रुटी भएको हुन सक्छ, त्यसलाई आगामी दिनमा सच्याउनुपर्छ ।

नेपाली काङ्ग्रेसका डा. नारायण खड्काले सरकारले जति नै सुशासनको कुरा गरेपनि मुलुकमा भएका घटना र काण्डले त्यसलाई पुष्टि गर्दैन भन्नुभयो ।

नेकपाकासुजिता शाक्यले नीति तथा कार्यक्रले मुुलुकका यावत क्षेत्रलाई समेटेकाले यसको  स्वागत र समर्थन गर्छु भन्नुुभयो । नेपाली काङ्ग्रेसका मानबहादुर विश्वकर्माले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको सरकार हुनुपर्ने राष्ट्रपतिबाट राजाको समयको झझल्को दिने गरी प्रयोग भएको ‘मेरो सरकार’ भन्ने शब्द प्रयोग हुनु शोभनीय भएन भन्नुभयो ।

नेकपाका महेश्वरजङ्ग गहतराजले नीति तथा कार्यक्रममा आएका विषयवस्तु सही, वस्तुवादी र यथार्थपरक  रहेकाले जनताको चाहनालाई सम्बोधन गर्ने छ भन्नुभयो ।

नेपाली काङ्ग्रेका प्रदीप गिरीले नीति तथा कार्यक्रममा बस्तुगतभन्दा मनोगत भावना बढी रहेको  बताउँदै गणतन्त्रमा जनताले सादगी नेताको अपेक्षा गरेकाले उनीहरुको भावना बुझेर काम गर्न सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “विकासको अवधारणामा सरकारले विचार गरोस्, विकासका ऋण नीतिले मुलुकलाई अप्ठेरो पार्ने अवस्था नआओस्, तथ्याङ्कलाई मिथ्याङ्कका रुपमा प्रस्तुत नगरियोस् र  विदेशमा रहेका युवालाई स्वदेशमा फर्कने वातावरण बनाइयोस् । ”

नेपाली काङ्ग्रेसका मोहम्मदअफताब आलमले सरकारको नीति र कार्यक्रमप्रति असहमति जनाउँदै किसानलाई राहत दिने खालका  कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।

सोही पार्टीका मीना पाण्डेलले नीति तथा कार्यक्रममा उल्लेख भए अनुरुप मुलुकमा सिँचाइ सुविधा नपुगेको हुँदा कयाँै तथ्याङ्क ठिक रुपमा प्रस्तुत नभएको जिकिर गर्नुभयोे ।

नेकपाका कृष्ण राईले मुलुकको आर्थिक विकासलाई तीव्र तुल्याउने दृष्टिकोणबाट नीति तथा कार्यक्रम आएको हुँदा सबै सांसदको साथ र सहयोग रहने अपेक्षा गर्नुभयोे ।

सोही पार्टीका यज्ञ सुनुवारले जनअपेक्षा अनुरुपको नीति तथा कार्यक्रम आएकोले बजेटमार्फत कार्यान्वयन गर्ने योजना आउनुपर्छ  भन्नुभयो ।

नेपाली काङ्ग्रेसका गगन थापाले कपटपूर्ण, झुठा र भ्रमणपूर्णमा आधारित नीति तथा कार्यक्रम अलमलमा परेको निबन्धजस्तो रहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली