१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले लोकतन्त्र, गणतन्त्र खतरामा: नेता राणा

२६ बैशाख २०७६, बिहीबार ०७:४०

चिसाङ शेर्पा | बैशाख २६ खोटाङ | नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले राष्ट्रपतिको पदमा दाग लाग्ने हिसाबले राष्ट्रपति स्वयम् प्रस्तुत भएको बताएका छन् । खोटाङ कांग्रेसले पार्टी कार्याल दिक्तेलमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता राणाले सरकारको नीति तथा कार्यक्रममा वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले नेपालकै लोकतन्त्र र गणतन्त्रलाई असर पार्छ कि भन्ने शंका पैदा भएको बताएका छन् ।

अहिले श्री ५ को ठाउँमा एउटा नेपाली जनताको छोरा वा छोरी त्यहाँ पुग्ने अवसर पाएको छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादव हुंदा हामी सबैको एउटा मन, बोल्ने, इज्जत दिने ठाउँ, व्यवहार उहाँको थियो । राणाले भने, ‘रामवरण यादव जस्तै पदमा रहेका वर्तमान राष्ट्रपतिकै ठाउँमा अलिकति दाग लाग्ने हिसाबले सरकार र राष्ट्रपति प्रस्तुत भएको हुनाले फेरी पनि अधिनायवादको नाममा पूराना शक्तिहरु सिर्जना हुनलाई ठाउँ बनाईरहेकोे हो कि ।’ भन्नेमा सवै कांग्रेस चिन्तित भएको बताए ।


राष्ट्रपतिले पनि मेरो सरकार, हाम्रो सरकार, नेपाल सरकार, सरकार मात्रै पनि भन्न सकिन्छ । तर कसरी भनियो, कुन शब्द प्रयोग गर्यो त्यसले चाँहि सरकारको भावना र व्यक्तिको भावना के रहेछ भन्ने रिफ्लेक्सन हुन्छ । उनले भने, ‘हामीले यो सरकारलाई विरोध भन्दा पनि धेरै समयपछि जनातले आफ्नै नेपाली दिदीबहिनी, दाजुभाई मध्ये नै एउटा राष्ट्रपति बनेको छ । कुनै व्यक्तिको अथवा कुनै सरकारको कारणले त्यो पदमा दाग नलागोस भन्ने हामी सबै कांग्रेसको चाहाना हो ।’ 

भर्खरै सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले देखाएको घमण्डप्रति अहिले सवै कांग्रेस चिन्तित भएको समेत उनले बताए ।

यसैविच, देशव्यापी राष्ट्रिय जागरण अन्र्तगत खोटाङ कांग्रेसले जेठ ८ गते केपीलासगढी गाउँपालिकाबाट पहिलो चरणको अभियान सुरु गर्ने भएको छ । जेठ ९ गते रावाबेंशी गाउँपालिका, ११ गते ऐंसेलुखर्क गाउँपालिका र जेठ १२ गते हलेसी तुवाचुङ नगरपालिकामा अभियान सञ्चालन हुने सभापति नरेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट