२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले लोकतन्त्र, गणतन्त्र खतरामा: नेता राणा

२०७६, २६ बैशाख बिहीबार ०७:४०

चिसाङ शेर्पा | बैशाख २६ खोटाङ | नेपाली कांग्रेसका नेता उदय शम्सेर राणाले राष्ट्रपतिको पदमा दाग लाग्ने हिसाबले राष्ट्रपति स्वयम् प्रस्तुत भएको बताएका छन् । खोटाङ कांग्रेसले पार्टी कार्याल दिक्तेलमा बिहीबार गरेको पत्रकार सम्मेलनमा कांग्रेस नेता राणाले सरकारको नीति तथा कार्यक्रममा वर्तमान प्रधानमन्त्री र राष्ट्रपतिको प्रस्तुतीले नेपालकै लोकतन्त्र र गणतन्त्रलाई असर पार्छ कि भन्ने शंका पैदा भएको बताएका छन् ।

अहिले श्री ५ को ठाउँमा एउटा नेपाली जनताको छोरा वा छोरी त्यहाँ पुग्ने अवसर पाएको छ । नेपालको पहिलो राष्ट्रपति रामवरण यादव हुंदा हामी सबैको एउटा मन, बोल्ने, इज्जत दिने ठाउँ, व्यवहार उहाँको थियो । राणाले भने, ‘रामवरण यादव जस्तै पदमा रहेका वर्तमान राष्ट्रपतिकै ठाउँमा अलिकति दाग लाग्ने हिसाबले सरकार र राष्ट्रपति प्रस्तुत भएको हुनाले फेरी पनि अधिनायवादको नाममा पूराना शक्तिहरु सिर्जना हुनलाई ठाउँ बनाईरहेकोे हो कि ।’ भन्नेमा सवै कांग्रेस चिन्तित भएको बताए ।


राष्ट्रपतिले पनि मेरो सरकार, हाम्रो सरकार, नेपाल सरकार, सरकार मात्रै पनि भन्न सकिन्छ । तर कसरी भनियो, कुन शब्द प्रयोग गर्यो त्यसले चाँहि सरकारको भावना र व्यक्तिको भावना के रहेछ भन्ने रिफ्लेक्सन हुन्छ । उनले भने, ‘हामीले यो सरकारलाई विरोध भन्दा पनि धेरै समयपछि जनातले आफ्नै नेपाली दिदीबहिनी, दाजुभाई मध्ये नै एउटा राष्ट्रपति बनेको छ । कुनै व्यक्तिको अथवा कुनै सरकारको कारणले त्यो पदमा दाग नलागोस भन्ने हामी सबै कांग्रेसको चाहाना हो ।’ 

भर्खरै सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले देखाएको घमण्डप्रति अहिले सवै कांग्रेस चिन्तित भएको समेत उनले बताए ।

यसैविच, देशव्यापी राष्ट्रिय जागरण अन्र्तगत खोटाङ कांग्रेसले जेठ ८ गते केपीलासगढी गाउँपालिकाबाट पहिलो चरणको अभियान सुरु गर्ने भएको छ । जेठ ९ गते रावाबेंशी गाउँपालिका, ११ गते ऐंसेलुखर्क गाउँपालिका र जेठ १२ गते हलेसी तुवाचुङ नगरपालिकामा अभियान सञ्चालन हुने सभापति नरेश कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !