२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णाली प्रदेश: मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गरिएनन्

२०७६, २६ बैशाख बिहीबार १५:३५

बैशाख २६, सुर्खेत । सुरुसुरुमा मन्त्रीपरिषद्का निर्णयहरु सार्वजनिक गर्न हतारिने कर्णाली सरकारले पछिल्ला दिनमा भने मन्त्रीपरिषद् बैठकका निर्णयहरु गोप्य राख्न थालेको छ । बैशाखमा दुई पटक बसेको कर्णाली सरकारको मन्त्री परिषद् बैठकका निर्णयहरु भने सार्वजनिक गरेको छैन । बैशाख १२ गते र २४ गते कर्णाली सरकारको मन्त्री परिषद् बैठक बसेको भए पनि निर्णयहरु  भने सार्वजनिक गरेको छैन ।


कर्णाली सरकारका प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले केही दिन मन्त्री परिषद्का निर्णय परिपक्क बनाएर सार्वजनिक गरिने बताईन् । उनले केही दिनमै सरकारले पत्रकार सम्मेलन गरेर निर्णय मन्त्री परिषद् बैठकको निर्णय सार्वजनिक गर्ने जानकारी दिइन् । ‘हामीले बैशाखमा दुई वटा बैठक बसेका छौं’ उनले भनिन, ‘सरकारका प्रमुख सचिवबाट निर्णय प्रमाणित गरेर मात्रै निर्णय सार्वजनिक गर्ने निर्णय सरकारले गरेको छ ।’ निर्णयलाई परिपक्वता दिन यस्तो अभ्यास सुरु गरिएको उनले बताईन् ।

कर्णाली प्रदेश सरकारको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सरकारले मन्त्री परिषद्का निर्णय लुकाएर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारले संघीय सरकारले जस्तै ढिलो गरी मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने प्रदेश सरकारको निर्णयले भ्रम पैदा गरेको बताए । ‘मन्त्री परिषदका निर्णय लुकाएर के गर्न खोजेको हो ?’ उनको प्रश्न थियो । 

सरकारले गरेका निर्णय विरोध हुन्छ भन्ने डरले सार्वजनिक नगरिएको हुनसक्ने आशंका गरे । ‘संघमा पनि विरोध हुन्छ भन्ने डरका कारण दुई तिहाइको सरकारले निर्णय ढिला सार्वजनिक गर्ने गरेको छ,’ उनले थपे, ‘त्यसैको सिको कर्णाली प्रदेश सरकारले गरिरहेको मेरो अनुमान छ ।’ सरकारले सिक्नु पर्ने कुरा नसिकेर नसिक्ने गलत परिपाटी सिक्दै गइरहेको शाहीले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने