२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्छ: प्रचण्ड

२०७६, ३० बैशाख सोमबार ०९:५०

वैशाख ३०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उहाँले ती धार्मिकस्थललाई जोडेर सर्किट बनाएर मुलुकको धार्मिक पर्यटन विकास गर्न सकिने बताउनुभयो । 

उहाँले हिन्दू र वौद्ध धर्मलाई जोड्ने सर्किट बनाउन सके विश्वको ध्यान केन्द्रीत गर्न सकिने समेत धारणा राख्नुभयो । जनकपुर, पशुपतिनाथ र लुम्बिनीलाई ज्ञान विज्ञानको रुपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।  

“भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिन पिङसँग कुरा हँुदा एशियाको आर्थिक, राजनीतिक र सांस्कृतिक समीक्षा गर्दे भविष्य कसरी लैजाने भन्नेमा मेरो बहस भएको थियो” उहाँले भन्नुभयो,‘‘ दुवै नेताले ‘नेपाल देश सानो नभएको र नेपालको इतिहासको गौरव पनि कम छैन, अहिले पनि नेपालले खेल्ने भूमिका ठूलो छ’ भन्नुभयो ।

 दुई नेताको भनाइबाट जनकपुर, लुम्बिनी र पशुपतिनाथलाई सम्झन्छन् भन्ने देखाउछ ।’’ अध्यक्ष दाहालले पूर्व पाथीभरादेखि बडिमालिकासम्म रहेका  सबैका शक्तिपिठलाई जोड्ने एउटा शक्तिपिठ सर्किट बनाउन आवश्यक रहेको बताउनुभयो । 

नेपाल–भारतका शक्तिपिठ जोड्ने सर्किट 

यस्तै उहाँले नेपाल र भारतका शक्तिपिठलाई जोड्ने सर्किट बनाउनुपर्ने बताउनुभयो । नेपालका शक्तिपिठ र भारतका शक्तिपिठ मिलाएर शक्तिपिठ सर्किट बनाउने हो भने पर्यटन विकासमा क्रान्ति ल्याउन सकिने उहाँको भनाइ थियो  ।  

अध्यक्ष दाहालले नेपाल र भारतका केही विद्धानलाई राखेर यसको सम्भाव्यता अध्ययन गर्न लगाउनुपर्ने बताउनुभयो । 

मिथिला सभ्यतालाई विकास गर्नुपर्ने 

उहाँले मिथिला सभ्यतालाई ज्ञान, आर्थिक समाजिक र विकासको केन्द्रको रुपमा लैजानुपर्ने समेत धारणा राख्नुभयो । मिथिला र मिथिला सभ्यता आफैमा नेपालको मात्र नभइ विश्वका मानव जातिको संस्कृतिको केन्द्रविन्दु रहेको उल्लेख गर्दै उहाँले मिथिला सभ्यताबाट मानिसले ज्ञान र विज्ञान सिक्ने सिकाउने भए पनि अहिले मिथिला यहाँबाट अयन्त्र सरेको बताउनुभयो ।

जनकपुरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण, नेपालका  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुवै प्रधानमन्त्रीद्वारा रामायण सर्किटको उद्घाटन, अयोध्यामा चल्ने बसको उद्घाटन जस्ता कार्यमिथिला सभ्यतालाई नै बुझेर गरेको उहाँले उल्लेख गर्नुभयो । 

पौराणिक तथा ऐतिहासिककालमा रहेका सबै गौरवलाई अन्वेषण गर्ने र त्यसका बारेमा जनचेतना अभिवृद्धि गदै इतिहासका गौरवलाई जनता र वर्तमान समाजको सेवामा सदुपयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

अध्यक्ष दाहालले आफू धर्म निरपेक्षभन्दा धर्म सापेक्षको पक्ष पोषण गर्ने, जनताको धार्मिक आस्थालाई सम्मान गर्ने, सबै धर्म सम्प्रदायमा राज्यले समान व्यवहार गर्नुपर्दछ भन्ने कुराको पक्षपाती रहेको बताउनुभयो । 

अध्यक्ष प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भए पनि मानव जीवनमा आध्यात्मिक चिन्तनको योग र ध्यानको भूमिका रहन्छ भन्नेमा आफू रहेको उल्लेख गर्नुभयो ।

रामजस्तै सीताको जयन्ती मनाउनुपर्ने 

अध्यक्ष दाहालले सीतालाई आर्दश नारीको रुपमा चिनिएकोले रामजयन्ती जस्तै सीता जयन्तीलाई पनि भव्य रुपमा मनाउनुपर्ने बताउनुभयो । “रामको जन्मलाई जसरी मनाउँदा सीताको जन्मलाई भने कम गरी मनाउने परम्परा रहेको छ । त्यो पितृसत्तावादी सोचको अभावले भएको हो” उहाँले भन्नुभयो, “रामभन्दा सीताको जन्म कत्ति पनि कम मान्नुहुदैन । महिला हुनुको नाताले सीतालाई बढी चर्चा, सम्मान हुनुपर्दछ । सीताको भूमिकालाई बढी प्रचार गर्नुपर्दछ ।” 

अध्यक्ष दाहालले चीन भ्रमणमा जाँदा ल्हासाबाट काठमाडाँै हँुदै पोखरा लुम्बिनीसम्म रेल लैजाने कुरा र भृकुटीले खेलेको भूमिका स्थापित गराउने कुरा पूरा हँुदै गइरहेको बताउनुभयो । उहाँले ल्हासाबाट रेल चाँडै अब आइपुग्ने भन्दै त्यसले पर्यटन र विकासका निम्ति कोशेढुङ्गा सावित गराउने बताउनुभयो ।  

अध्यक्ष दाहालले नेपालको ऐतिहासिक गौरवलाई स्थापित गर्न देखेका सपना चाँडै पूरा गर्ने समेत बताउनुभयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री धनबहादुर बुढाले सीताको जन्मस्थल जनकपुरलाई ऐतिहासिक नगरिको रुपमा विकास गरिने बताउनुभयो । 

सांसद प्रभु साहले सीतालाई सम्मान गर्दा इतिहासप्रति न्याय, महिलाप्रतिको सम्मान र विभेद्को अन्त्य हुने बताउनुभयो । राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्रलालले नारीमा हुनुपर्ने मर्यादा सीताभन्दा अर्को कोहीमा नभएको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले जनकपुरलाई सबै हिन्दूको धार्मिकस्थलको रुपमा विकास गरिनुपर्ने बताउनुभयो । 

ओशो तपोवनका प्रमुख स्वामी आनन्द अरुणले विश्वभरिका हिन्दूलाई जोड्ने मार्गको रुपमा जनकपुरलाई विकास गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा मिथिला प्रतिष्ठानका अध्यक्ष रामआधार कापरले जनकपुरमा मात्र सीमित नराखेर पहिलो पटक काठमाडौँ सीताको जयन्ती मनाउन थालिएको बताउनुभयो । 

कार्यक्रममा अरविन्द मिश्रले मिथिला, सीता र राजा जनकबारे ‘मिथिला र जनकवंशः एक संक्षिप्त इतिहास’ कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने