२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद्का निर्णय एक साता पछि सार्वजनिक

२०७६, ३० बैशाख सोमबार १५:२४

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक साता पछि मन्त्री परिषद्का निर्णय सार्वजनिक गरेको छ । बैशाख २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सार्वजनिक गरिएको हो । सरकारले गरेका निर्णय परिपक्व बनाउन ढिला सार्वजनिक गरिएको सरकारका प्रवक्ता तथा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन् । ‘सरकारले गरेका निर्णयहरु परिपक्व पछि मात्र सार्वजनिक गरिएको छ’ प्रवक्ता केसीले भनिन् ।

मन्त्री परिषद् बैठकले विभिन्न सात वटा विधेयलाई सैद्धान्तिक स्वीकृत प्रदान गरेको छ । कर्णाली पूर्वाधार विकास प्राधिकरण गठन, काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा, आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रस्ताव गरेको द्वन्द्वपीडित राहत तथा उपचारसम्बन्धी कार्यविधि २०७६ र कर्णाली प्रदेश पर्यटन बोर्ड गठनादेश–२०७६ थप छलफलका लागि प्रदेश मन्त्रिपरिषद् प्रशासन तथा विधेयक समितिमा पठाउने र प्रदेश सभाको बजेट अधिवेशन जेठ १० गते दिउँसो ३ बजे आव्ह्रान गर्न प्रदेश प्रमूख दुर्गाकेशर खनाललाई सिफारिस गर्ने निर्णय गरेको उनले बताईन् ।


मन्त्री परिषद्ले आमसञ्चार तथा सूचना प्रविधिसम्बन्धी विधेयक तर्जुमा गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ । रसायन तथा रासायनिक विषादी नियन्त्रण विधेयक–२०७६, पशु बधशाला तथा मासु जाँच विधेयक–२०७६ र माटो तथा मल व्यवस्थापन विधेयक–२०७६ तर्जुमाका लागि सैद्धान्तिक स्वीकृती दिएको प्रवक्ता केसीले बताईन् । कर्णालीमा शान्ति सुरक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्न प्रमुख सचिवको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव र प्रदेश प्रहरी प्रमुख सदस्य रहेको समिति पनि मन्त्री परिषद्ले गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने