२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीलाई संघीयतामा रुची छैन: गगन थापा

२ जेष्ठ २०७६, बिहीबार १५:२२

जेठ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जननिर्वाचित सरकारबाटै लोकतन्त्र खतरामा पर्न लागेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले वर्तमान नेकपाको सरकारका क्रियाकलापले लोकतन्त्रमाथि खतरा बढेको उनको दावी छ ।

कतिपय लोकतान्त्रिक मुलुकहरुमा पनि जनताबाट निर्वाचित सरकारबाट लोकतन्त्रलाई खतरा भएको थापाको तर्क थियो । ‘राज्यका विभिन्न संवैधानिक अंगहरुमा सरकारको छाँया पार्ने कुचेष्टा वर्तमान सरकारले गरीरहेको छ’ उनले भने, ‘सरकारका क्रियाकलापले वर्तमान सरकार वैधानिक सत्ता कब्जा गर्ने उद्दत रहेको छ ।’

प्रधानमन्त्री केपी ओली संघीयताको पक्षमा नहुँदा प्रदेश सरकार र स्थानीय सरकारहरु अधिकारविहीन हुनु परेको थापाले बताए । ‘प्रधानमन्त्रीलाई संघीयतामा रुची थिएन, तर पनि बाध्यताले उहाँले संघीयता स्वीकार गरी प्रधानमन्त्री भए पनि शक्ति विकेन्द्रिकरण गर्न अफ्ठ्यारो मानी रहनु भएको छ’ उनले भने, ‘त्यसैले त प्रधानमन्त्रीले कहिल्यै प्रदेश सरकार संघीय सरकारको मातहतमा हो भन्नु हुन्छ । कहिल्यैमुलुकका संवैधानिक अंगहरुलाई कमजोर बनाउन खोज्नु हुन्छ ।’ वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारको निकायको रुपमा चलाउन खोजेको उनको आरोप छ ।


झुठा आश्वासन बाड्ने, दुई तिहाइको दम्भमा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागि परेको थापाको आरोप छ ।एक बर्षमा सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले संसदलाई समेत हस्तक्षेप गर्न खोजेको दावी गरे । सरकारका असंवैधानिक र नागरिक हित विपरितका क्रियाकलापविरुद्ध काँग्रेसले संसद र सडक दुवै उपयोग गर्ने उनको भनाई छ । ‘हामी संसदमा थोरै छौ थाह छ’ उनले भने, ‘सरकारले ल्याएका विभिन्न तीन वटा विधेयक फिर्ता नलिए जनताका माझ जानेछौ सबै भन्दा ठुलो शक्ति भनेको जनता हो भन्ने हामीलाई विश्वास छ ।’

उनले नेपाली काँग्रेसले लोकतन्त्रको रक्षा गर्र्नका लागि राष्ट्रिय जागरण अभियान थालेको भन्दै अभियानले काँग्रेसजनमा रहेको निराशा र द्धिविधा हटाउने बताए । ‘तीनै तहको निर्वाचन पछि काँग्रेसजनमा केही निराशा र थुप्रै आशा भएको मैले पाएको छु’ उनले भने । नेता थापाले वर्तमान सरकारकै कारण संवैधाधिनक अधिकार प्राप्त विभिन्न आयोगहरुको अधिकार खोसिन थालेको बताए। सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग र मानवअधिकार आयोगलगायतका विभिन्न आयोगहरुको अधिकार खोस्न थालेको उल्लेख गरे। ‘प्रधानमन्त्रीमा म मात्रै देशमा काम लाग्ने व्यक्ति हुँ भन्ने अहम् पलाएको छ। यही अहमताका कारण विभिन्न आयोगलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने प्रयास भएको छ।’

सरकारको यस्तो कदमले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै न्याय, मानवअधिकार र नागरिक स्वतन्त्रता खोस्न थालेको समेत आरोप लगाए।एक अर्काे प्रसंगमा नेता थापाले भ्रष्टाचार हुनै दिन भन्ने प्रधानमन्त्री भ्रष्टाचारीले नै घेरिएर बसेको आरोप लगाए। संसद्मा भ्रष्टाचार, गर्दिनँ, सहन्नँ र गरेपछि विद्या नास भनेर कसम खाने प्रधानमन्त्री वरिपरि बिजुलीको पोलदेखि, जहाज जग्गा र बालुवाटारको जग्गा खानेले घेरिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो