2026-08-30 07:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीलाई संघीयतामा रुची छैन: गगन थापा

जेठ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जननिर्वाचित सरकारबाटै लोकतन्त्र खतरामा पर्न लागेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले वर्तमान नेकपाको सरकारका क्रियाकलापले लोकतन्त्रमाथि खतरा बढेको उनको दावी छ ।

कतिपय लोकतान्त्रिक मुलुकहरुमा पनि जनताबाट निर्वाचित सरकारबाट लोकतन्त्रलाई खतरा भएको थापाको तर्क थियो । ‘राज्यका विभिन्न संवैधानिक अंगहरुमा सरकारको छाँया पार्ने कुचेष्टा वर्तमान सरकारले गरीरहेको छ’ उनले भने, ‘सरकारका क्रियाकलापले वर्तमान सरकार वैधानिक सत्ता कब्जा गर्ने उद्दत रहेको छ ।’

प्रधानमन्त्री केपी ओली संघीयताको पक्षमा नहुँदा प्रदेश सरकार र स्थानीय सरकारहरु अधिकारविहीन हुनु परेको थापाले बताए । ‘प्रधानमन्त्रीलाई संघीयतामा रुची थिएन, तर पनि बाध्यताले उहाँले संघीयता स्वीकार गरी प्रधानमन्त्री भए पनि शक्ति विकेन्द्रिकरण गर्न अफ्ठ्यारो मानी रहनु भएको छ’ उनले भने, ‘त्यसैले त प्रधानमन्त्रीले कहिल्यै प्रदेश सरकार संघीय सरकारको मातहतमा हो भन्नु हुन्छ । कहिल्यैमुलुकका संवैधानिक अंगहरुलाई कमजोर बनाउन खोज्नु हुन्छ ।’ वर्तमान सरकारले प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारको निकायको रुपमा चलाउन खोजेको उनको आरोप छ ।

झुठा आश्वासन बाड्ने, दुई तिहाइको दम्भमा नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागि परेको थापाको आरोप छ ।एक बर्षमा सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीले संसदलाई समेत हस्तक्षेप गर्न खोजेको दावी गरे । सरकारका असंवैधानिक र नागरिक हित विपरितका क्रियाकलापविरुद्ध काँग्रेसले संसद र सडक दुवै उपयोग गर्ने उनको भनाई छ । ‘हामी संसदमा थोरै छौ थाह छ’ उनले भने, ‘सरकारले ल्याएका विभिन्न तीन वटा विधेयक फिर्ता नलिए जनताका माझ जानेछौ सबै भन्दा ठुलो शक्ति भनेको जनता हो भन्ने हामीलाई विश्वास छ ।’

उनले नेपाली काँग्रेसले लोकतन्त्रको रक्षा गर्र्नका लागि राष्ट्रिय जागरण अभियान थालेको भन्दै अभियानले काँग्रेसजनमा रहेको निराशा र द्धिविधा हटाउने बताए । ‘तीनै तहको निर्वाचन पछि काँग्रेसजनमा केही निराशा र थुप्रै आशा भएको मैले पाएको छु’ उनले भने । नेता थापाले वर्तमान सरकारकै कारण संवैधाधिनक अधिकार प्राप्त विभिन्न आयोगहरुको अधिकार खोसिन थालेको बताए। सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग र मानवअधिकार आयोगलगायतका विभिन्न आयोगहरुको अधिकार खोस्न थालेको उल्लेख गरे। ‘प्रधानमन्त्रीमा म मात्रै देशमा काम लाग्ने व्यक्ति हुँ भन्ने अहम् पलाएको छ। यही अहमताका कारण विभिन्न आयोगलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने प्रयास भएको छ।’

सरकारको यस्तो कदमले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै न्याय, मानवअधिकार र नागरिक स्वतन्त्रता खोस्न थालेको समेत आरोप लगाए।एक अर्काे प्रसंगमा नेता थापाले भ्रष्टाचार हुनै दिन भन्ने प्रधानमन्त्री भ्रष्टाचारीले नै घेरिएर बसेको आरोप लगाए। संसद्मा भ्रष्टाचार, गर्दिनँ, सहन्नँ र गरेपछि विद्या नास भनेर कसम खाने प्रधानमन्त्री वरिपरि बिजुलीको पोलदेखि, जहाज जग्गा र बालुवाटारको जग्गा खानेले घेरिएको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने