२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

२०७६, २ जेष्ठ बिहीबार १६:०६

शरद शर्मा | जेठ २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो  लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।   पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र स्थायी कमिटी  सदस्य स्वतः पर्ने गरी बनाइएको छ । 

बैठकले सबै जनवर्गीय सङ्गठनको एकतासमेत टुङ्गाएको छ ।  गत वर्ष जेठ ३ गते  नेकपा(एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि यसअघि नै पार्टी सचिवालय, स्थायी कमिटी र  केन्द्रीय सदस्य तथा प्रदेश कमिटी र जिल्ला कमिटी सदस्यको मात्र टुङ्गो लगाइएको छ ।  यसअघि इञ्जिनीयर, कानून व्यवसायी र निर्माण व्यवसायी सङ्गठनको एकता भइसके पनि अन्यको बाँकी रहेको थियो । 

बैठकले बाँकी रहेका सबै जनवर्गीय सङ्गठनको एकताको आज टुङ्गो लगाएको बताइएको छ ।  विद्यार्थी, मजदूर र बुद्धिजीवी तत्कालीन एमाले तथा युवा, महिला र पत्रकार सङ्गठन तत्कालीन माओवादी केन्द्रको भागमा परेका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार भियतनाम र कम्बोडियोको भ्रमण सकेर आएपछि आज सचिवालय बैठक बसेको थियो । पार्टी एकता भएको अवसरमा नेकपाले शुकबार बिहान ८ बजे तत्कालीन नेकपा (एमाले) को पार्टी कार्यालय मदननगर बल्खुमा मदन भण्डारी स्मृति दिवससहित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।  कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !