२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छः नेता डा कोइराला

२०७६, ४ जेष्ठ शनिबार ०९:०३

जेठ ४, काठमाडौँ | नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उहाँले काँग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताउनुभयो । 

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उहाँले भन्नुभयो । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उहाँको भनाइ थियो । 

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि काङ्ग्रेस अग्रसर हुनुपर्दछ ।’’ 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, काङ्ग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,”–उहाँले भन्नुभयो । 

काङ्ग्रेस जागरण अभियान चितवनका केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरीले जागरण अभियानले पार्टीभित्र जागरण पैदा गराउने बताउनुभयो । “जागरण अभियानले पार्टीलाई थप बलियो बनाउन मद्दत पुग्छ,”–उहाँले भन्नुभयो । नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले पार्टीभिक्र महिलालाई सशत्त बनाएर अगाडि बढाउन नसकेसम्म काङ्ग्रेस बलियो हुन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !