२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

२०७६, ५ जेष्ठ आईतवार १७:१४

जेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो ।

विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टीबाट वडाध्यक्ष पदका उम्मेदवार बन्नुभएको थियो । नेकपामा प्रवेश गर्ने अन्य स्थानीय कार्यकर्तामा चन्द्रबहादुर विक, विनु विश्वकर्मालगायत २२ जना रहेका नेकपाका जिल्ला कमिटी सदस्य बैकुण्ठ भण्डारीले जानकारी दिनुभयो ।  

पार्टी प्रवेश गरेकालाई आज नेकपा जिल्ला कमिटीका सदस्यद्वय दलबहादुर गुरुङ, भण्डारी र वडाध्यक्ष समबहादुर गुरुङले नेकपामा स्वागत गर्नुभएको थियो । शुरुमा एनेकपा माओवादी, एमाले हुँदै सङ्घीय समाजवादी प्रवेश गर्नुभएका थमनले विगतमा सँगै काम गरेका साथीको आग्रह र नेकपा नेतृत्वको सरकारले अहिले लिइरहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराबाट उत्साहित भएर नेकपामा प्रवेश गरेको बताउनुभयो । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने