१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लबका नेता कार्यकर्ता समात्दै, पार्टी परित्याग गर्न लगाउदै

१० जेष्ठ २०७६, शुक्रबार ०६:१५

जेठ १०, काठमाडौँ | सरकारले विप्लव समूहका नेता तथा कार्यकर्तालाई बिभिन्न अभियोगमा पक्राउ गरि पार्टी परित्याग गर्ने घोषणा गर्न लगाउँदै रिहा गर्ने गरेको विप्लबका एक नेताले बताएका छन् । ति नेताले प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेका आफ्ना पार्टी समर्थितहरुलाई पक्राउ गर्ने र छुट्नको लागि एक मात्र सर्त पार्टी परित्यागको राख्ने गरेको बताए । 

पार्टी परित्याग गर्ने हो भने जेलबाट छुटाईदिने सर्त राखेर घोषणा समेत गर्न लगाउने र बिभिन्न नकारात्मक कारण देखाई पार्टी छोडेको भन्दै जनमानशमा प्रचार समेत गर्ने रणनीति सरकारले लिएको उनको आरोप छ | ति नेताको आरोप के पनि छ भने कतिपय नेता/कार्यकर्तालाई पार्टी परित्यागको घोषणा गर्न लगाएर पक्राउ नगर्ने आश्वासन दिईएको कारण पनि पार्टी परित्याग गरिएका छन् । 

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएको भन्दै केहिले आफ्नै इच्छाले उक्त समूह त्यागेको समाचारहरु आएपनि लामो समयदेखि स-शक्त बिरोधमा उत्रिएका विप्लब कार्यकर्ताहरुले समेत पार्टी छाडेपछि विप्लब समूहको भूमिगत आन्दोलनमा ठूलो प्रभाव पर्ने देखिएको छ ।

पक्राउ परि रिहा भए लगत्तै पार्टी परित्याग गर्नुले पनि विप्लबका नेता कार्यकर्तालाई प्रहरीले समात्दै पार्टी परित्याग गर्न लगाउदै गरेको कुरा स्पष्ट छ । त्यसरी पार्टी त्याग्नेहरुले विज्ञप्तीनै जारी गरेर आफुहरु पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्ने गरेका छन् । उनीहरुले जारी गर्ने विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमिक्षा गर्दै अब उप्रान्त विप्लव समुहमा कुनै किसिमको आवद्धता नरहने उल्लेख हुने गरेको छ । बिज्ञप्ति नै जारी गरेर सार्वजनिक गर्दा उक्त समूहको अन्य नेता-कार्यकर्ता तथा जनतामा समेत विप्लब समूहप्रति नकारात्मक धारणा जाग्ने र उक्त समूह कमजोर हुँदै जाने हुँदा प्रहरीले पार्टी परित्याग गराउने रणनीति अवलम्बन गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट