2026-07-07 08:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लबका नेता कार्यकर्ता समात्दै, पार्टी परित्याग गर्न लगाउदै

जेठ १०, काठमाडौँ | सरकारले विप्लव समूहका नेता तथा कार्यकर्तालाई बिभिन्न अभियोगमा पक्राउ गरि पार्टी परित्याग गर्ने घोषणा गर्न लगाउँदै रिहा गर्ने गरेको विप्लबका एक नेताले बताएका छन् । ति नेताले प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेका आफ्ना पार्टी समर्थितहरुलाई पक्राउ गर्ने र छुट्नको लागि एक मात्र सर्त पार्टी परित्यागको राख्ने गरेको बताए । 

पार्टी परित्याग गर्ने हो भने जेलबाट छुटाईदिने सर्त राखेर घोषणा समेत गर्न लगाउने र बिभिन्न नकारात्मक कारण देखाई पार्टी छोडेको भन्दै जनमानशमा प्रचार समेत गर्ने रणनीति सरकारले लिएको उनको आरोप छ | ति नेताको आरोप के पनि छ भने कतिपय नेता/कार्यकर्तालाई पार्टी परित्यागको घोषणा गर्न लगाएर पक्राउ नगर्ने आश्वासन दिईएको कारण पनि पार्टी परित्याग गरिएका छन् । 

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएको भन्दै केहिले आफ्नै इच्छाले उक्त समूह त्यागेको समाचारहरु आएपनि लामो समयदेखि स-शक्त बिरोधमा उत्रिएका विप्लब कार्यकर्ताहरुले समेत पार्टी छाडेपछि विप्लब समूहको भूमिगत आन्दोलनमा ठूलो प्रभाव पर्ने देखिएको छ ।

पक्राउ परि रिहा भए लगत्तै पार्टी परित्याग गर्नुले पनि विप्लबका नेता कार्यकर्तालाई प्रहरीले समात्दै पार्टी परित्याग गर्न लगाउदै गरेको कुरा स्पष्ट छ । त्यसरी पार्टी त्याग्नेहरुले विज्ञप्तीनै जारी गरेर आफुहरु पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्ने गरेका छन् । उनीहरुले जारी गर्ने विज्ञप्तिमा विगतका गतिविधि प्रति आत्मसमिक्षा गर्दै अब उप्रान्त विप्लव समुहमा कुनै किसिमको आवद्धता नरहने उल्लेख हुने गरेको छ । बिज्ञप्ति नै जारी गरेर सार्वजनिक गर्दा उक्त समूहको अन्य नेता-कार्यकर्ता तथा जनतामा समेत विप्लब समूहप्रति नकारात्मक धारणा जाग्ने र उक्त समूह कमजोर हुँदै जाने हुँदा प्रहरीले पार्टी परित्याग गराउने रणनीति अवलम्बन गराएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली