2026-07-07 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘आइतबारको बिष्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्’ – गृहमन्त्री

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार बिभिन्न २ स्थानमा बम बिष्फोटका घटनामा मर्नेहरु नागरिक नभएको बताएका छन् । 

तर प्रतिनिधि सभामा सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हो ? भन्दै प्रश्न गरे । एक सांसदले गृहमन्त्रीको राजिनामा समेत माग गरे ।

सांसदहरुले उठाएको बिषयलाई प्रतिक्रिया दिने क्रममा गृहमन्त्री बादलले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको भन्दै विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताए । 

गृहमन्त्रीले भने ‘यो समूहलाई नियन्त्रण गर्ने र वार्ता सम्वादद्वारा मुल प्रवाहमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ गृहमन्त्री थापाले भने, ‘यो समूहलाई मुल धारमा ल्याउन र गतिविधि नियन्त्रण गर्न राज्य प्रतिवद्ध छ ।’

सोमबार प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको स्पष्ट पारे । 

बैठकमा थापाले चन्दले जनपरिषद गठन गरेको, नेकपा नामक पार्टी गठन गरेको, ४ वटा कम्पनी निर्माण गरेको, संविधानविरूद्ध गैरकानुनी काम गरेको बताए । गृहमन्त्री थापाका अनुसार विप्लव समूहको मुख्य निशानामा यतिबेला उपत्यका क्षेत्र बनाएका छन् । गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान र राज्यव्यवस्था विरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् । उनले यो गतिविधिको लागि नेकपाको नामको पार्टी गठन गरेका छन् ।’

नेकपाले सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका बताउँदै थापाले निर्वाचनको बेलादेखि शुरु भएको गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको बताए । उनले हिजो र आज देशभर आगजानी र विस्फोटका घटनाहरु भएको पनि बताए । आइतबार भएको विस्फोटमा हालसम्म चार जनाको मृत्यु भएको झण्डै आधा दर्जन घाइते भएको पनि गृहमन्त्री थापाले जानकारी दिए । मृत्यु हुने सबै विप्लवको संगठन सँग सम्बध व्यक्ति रहेको र घाइते पनि अधिकांश सोही समूह रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली