२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिस्ट सरकारले सत्ता शक्ति र जनताको मतको दुरुपयोग गरे – नेता पौडेल

२०७६, १५ जेष्ठ बुधबार १७:५३

जेठ १५, अछाम | नेपाली काङ्ग्रेस को जागरण अभियान अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षत्रीय सम्मेलन साफेबगरमा सम्पन्न भएको छ ।कार्यबाहक सभापति कृष्ण बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम पुर्ब उप प्रधानमन्त्री रामचन्द्र पौडेल रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै पौडेलले-"सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार सरकारले देशमा संचालन गरिरखेको बताउनु भएको छ ।

मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेकोले  संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेकाछन। कार्यक्रममा बिशिस्ट अथितीको आसन बाट बोल्दै पुर्व पर्यटन मन्त्री  तारणीदत्त चटौत ले -संविधान बिपरित  र संसदिय मर्यादा बिपरित यो सरकारले काम गरिराखेको बताउनु भएको छ।

त्यस्तै बिशिस्ट अथिती राष्ट्रिय जागरण अभियान अछामका संयोजक एवम केन्द्रिय सदस्य बहादुर सिह थापा ले – नेपाली काङ्ग्रेस एक ढिक्का भएको सन्देश दिन र पार्टीका हरेक गतिविधिमा उर्जा थपि  अपराधि भ्रष्ट सरकार को जनतामाझ भण्डाफोर गरि सचेत गराउने पार्टीको अभियान रहेको बताउनु भएको छ। त्यसै गरि बिशिस्ट अथिती जिल्ला पार्टी सभापति भारत कुमार स्वरले "- प्रदेश सरकारले नियम बिपरित योजनामा कमिसन खादै  भ्रष्टाचार को अखाडा भयको आरोप लगाउनु भयो।"  कार्यक्रममा  नेपाली काङ्ग्रेस पार्टीमा लामो समय सम्म अदितिय योगदान पुर्याएका ब्यक्ती लाई दोसल्ला सम्मानपत्रले सम्मनित गरेको छ । तेसैगरी पार्टीमा अतुलनिय  योगदान पुर्याइ निधन भएका ब्यक्तीका नाममा     मरणाेपरन्त सम्मान पत्र र दोसल्ला का साथ उन्काका परिवारलाई पार्टीले सम्मान गरेको छ। 


   कार्यक्रममा प्रदेश ७ का प्रदेश सभा सांसद भारत बहादुर  खड्का, कैलाली का पुर्ब जिल्ला बिकास समितिका सभापति नारायणदत्त मिश्र ,नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय अध्यक्ष केशव सिह ,नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जंग शाही,नेपाल महिला संघका केन्द्रिय सदस्य जुना धामी, नेपाल महिला संघ अछामकाअध्यक्ष अनुराधा स्वार,दलित प्रतिनिधि एवम् महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार ले मन्तव्य राख्नु भएको थियो। रेबन्त ठकुल्लाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल बिद्यार्थी संघ का अध्यक्ष नृप बहादुर साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !