२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

कम्युनिस्ट सरकारले सत्ता शक्ति र जनताको मतको दुरुपयोग गरे – नेता पौडेल

१५ जेष्ठ २०७६, बुधबार १७:५३

जेठ १५, अछाम | नेपाली काङ्ग्रेस को जागरण अभियान अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षत्रीय सम्मेलन साफेबगरमा सम्पन्न भएको छ ।कार्यबाहक सभापति कृष्ण बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम पुर्ब उप प्रधानमन्त्री रामचन्द्र पौडेल रहनु भएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै पौडेलले-"सत्ता शक्ति र जनताको मत को दुरुपयोग गरि दुई तिहाई को दम्भमा बेथिति, भ्रष्टाचार, पक्षपात र अत्याचारको कुसंस्कार सरकारले देशमा संचालन गरिरखेको बताउनु भएको छ ।

मिडिया काउन्सिल विधेयकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गरेको भन्दै सरोकारवाला पक्षसँग छलफल र सहमति नगरी विधेयक सदनमा दर्ता गरेकोले  संविधानको मर्म र भावनाविपरीत ल्याइएको विधेयक फिर्ता लिन माग समेत गरेकाछन। कार्यक्रममा बिशिस्ट अथितीको आसन बाट बोल्दै पुर्व पर्यटन मन्त्री  तारणीदत्त चटौत ले -संविधान बिपरित  र संसदिय मर्यादा बिपरित यो सरकारले काम गरिराखेको बताउनु भएको छ।

त्यस्तै बिशिस्ट अथिती राष्ट्रिय जागरण अभियान अछामका संयोजक एवम केन्द्रिय सदस्य बहादुर सिह थापा ले – नेपाली काङ्ग्रेस एक ढिक्का भएको सन्देश दिन र पार्टीका हरेक गतिविधिमा उर्जा थपि  अपराधि भ्रष्ट सरकार को जनतामाझ भण्डाफोर गरि सचेत गराउने पार्टीको अभियान रहेको बताउनु भएको छ। त्यसै गरि बिशिस्ट अथिती जिल्ला पार्टी सभापति भारत कुमार स्वरले "- प्रदेश सरकारले नियम बिपरित योजनामा कमिसन खादै  भ्रष्टाचार को अखाडा भयको आरोप लगाउनु भयो।"  कार्यक्रममा  नेपाली काङ्ग्रेस पार्टीमा लामो समय सम्म अदितिय योगदान पुर्याएका ब्यक्ती लाई दोसल्ला सम्मानपत्रले सम्मनित गरेको छ । तेसैगरी पार्टीमा अतुलनिय  योगदान पुर्याइ निधन भएका ब्यक्तीका नाममा     मरणाेपरन्त सम्मान पत्र र दोसल्ला का साथ उन्काका परिवारलाई पार्टीले सम्मान गरेको छ। 


   कार्यक्रममा प्रदेश ७ का प्रदेश सभा सांसद भारत बहादुर  खड्का, कैलाली का पुर्ब जिल्ला बिकास समितिका सभापति नारायणदत्त मिश्र ,नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय अध्यक्ष केशव सिह ,नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जंग शाही,नेपाल महिला संघका केन्द्रिय सदस्य जुना धामी, नेपाल महिला संघ अछामकाअध्यक्ष अनुराधा स्वार,दलित प्रतिनिधि एवम् महाधिवेशन प्रतिनिधि टक्कर ताम्राकार ले मन्तव्य राख्नु भएको थियो। रेबन्त ठकुल्लाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल बिद्यार्थी संघ का अध्यक्ष नृप बहादुर साउदले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला