२०८२, १२ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रको चेतावनी: ‘जनयुद्ध लडेकाहरु माथि दमन ओली–बादल–प्रचण्डकै लागि प्रतिउत्पादक’

२०७६, १६ जेष्ठ बिहीबार १२:२६

धनन्जय बुढा | जेठ १६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले वर्तमान केपि ओली सरकारको फासिवादी रवैयाले दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको बताएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रले अब प्रधानमन्त्री ओलि र गृहमन्त्री बादलको राजिनामा माग्ने बेला आएको बताएको छ । 

बुधबार माओवादी केन्द्रको नेवा ताम्सालीङ्ग प्रदेशद्वारा १२ औं गणतन्त्र दिवसका अवसरमा गरिएको कार्यक्रममा प्रहरी हस्तक्षेप तथा पार्टी नेतृत्वको गिरप्तारीको विरोध पत्रकार सम्मेलन मार्फत गरेको हो । आगामी दिनमा यस्ता फासिवादी घटना भए सरकार विरुद्ध कडा रुपमा प्रस्तुत हुने महा-सचिब कर्णजित बुढाथोकी‘सुशिल’ले चेतावनी दिए । 


महासचिब बुढाथोकीले अहिले नेपालमा सरकार र विद्रोही नेकपाबीच कडा द्वन्द भईरहेको अवस्थामा ती सरकार तथा विप्लव पक्षलाई वार्तामा ल्याउन र शान्तिका लागि आफूहरुले पुलको भुमिका खेलिरहेको अवस्थामा आफ्नो पार्टी माथिनै खनिने सरकारी ब्यवहारप्रति रोश प्रकट गरे । 

उनले विप्लव नेतृत्वको नेकपाका मागहरुलाई बार्ताका माध्यमबाट सुल्झाउनुको सट्टा दमनमा उत्रने सरकारको योजनाले स्वयम् सरकारकै निम्ति घातक हुने धारणा राख्दै भने, “जनयुद्ध लडेको शक्तिलाई दमन गरेर तह लगाउँला भन्नु ओली–बादल–प्रचण्डको लागि प्रतिउत्पादक बन्छ, त्यसैले उहाँहरुले तत्काल विप्लव कम्रेडलाई औपचारिकरुपमा बार्तामा बोलाउनु पर्छ ।” सरकारले विद्रोही शक्तिलाई कम आंकलन गरेर राजनीतिक भन्दा अराजनीतिक ब्यबहारको परिणामको राम्रो पाठको अनुभव अहिलेका सत्ताशिनहरुलाई भएकोले पनि विकसित घटनामा सर्तक हुनु पर्ने धारणा राखे । 

पार्टीका उपाध्यक्ष तिलक थापामगरले गणतन्त्र प्राप्तिको निम्ती महत्वपूर्ण भूमिका खेल्ने पार्टी र शाक्तिलाई गणतन्त्र दिवस मनाउन नदिई गिरप्तार गरेर कार्यक्रम विथोल्ने अराजनितिक स्वच्छाचारी क्रियाकलाप आगामी दिनमा दोहोरिएको खण्डमा थप संर्घषको कार्यक्रम गर्न बाध्य हुने र यस्ता जनविरोधी गातिविधि सच्याउन सरकारलाई आग्रह गरे । 


त्यसैगरी पार्टी सचिब राजन तिमिल्सीनाले संविधानले दिएको अधिकार मूल मर्म मन्यतालाई कुल्चदै पञ्चायती शैलीमा राजनितिक दलका नेता कार्यकर्ता गिरप्तार गर्नुले सरकार जनविरोधी भएको पुष्टी गरेको बताए । 

त्यसैगरी पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले यस्तै रबैया बढ्दै गए निकट भविष्यमा प्रम ओलि तथा गृहमन्त्री बादलको राजिनामाको लागि बाध्यकारी आन्दोलन गर्ने चेतावनी दिए । 


बुधबार काठमाडौंको रत्नपर्कमा शान्तिपूर्णरुपमा मनाइरहेको गणतन्त्र दिवसका बेला सरकारद्धारा पार्टी महासचिव कर्णजित बुढाथोकी, सचिव राजन तिमिल्सिना, अखिल नेपाल सुकुम्बसी संघका अध्यक्ष कुमार राई ३ नं. प्रदेशका युवा संयोजक कपिल सिजापति र क्रान्तिकारी ट्रेड यूनियन महसंघका केन्द्रिय सदस्य रामशरण मगरलाई गिरफतार गरिएको थियो । 

सो विषयप्रति घोर भत्र्सना गर्दै गणतन्त्रको रक्षा गर्दै समाजवाद स्थापनाको लागि माओवादी नेतृत्वमा देशभक्त वामपन्थी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बेला गणतन्त्रको वास्तविक हिमायती माओवादी पार्टीप्रति दुरव्यवहार गर्नुले राजतन्त्रको पक्षधर व्यक्तिलाई थप हौसला मिल्ने र गणतन्त्र संघियता, धर्मनिरपक्षता लगायतका उपलब्धीहरु गुम्ने संभावना झनै बढेर गएको धारणा अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेका रायमाझीले बताए  । 


तस्वीर: संवाद डवली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने