२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वत काँग्रेसको जागरण अभियान फलेवासको खानीगाउँमा  

२०७६, १८ जेष्ठ शनिबार ११:०७

पर्वत– नेपाली काँग्रेस पर्वतको जागरण अभियान कार्यक्रम आज पर्वतको फलेवास नगरपालिका ५ खानीगाउँमा गरिएको छ ।
फलेवासमा भएको जनजागरण अभियानमा कार्यकर्ताहरुले पार्टिलाई सुधार्न विभिन्न सुझाव दिएका छन् भने केन्द्रिय प्रतिनिधी र जिल्लाका नेताहरुले सुझावहरु संकलन गर्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य चीनकाजी श्रेष्ठले नेपाली काँग्रेसलाई सुधार्न गाउँ गाउँबाट कार्यकर्ताहरुले दिएका सुझाव ग्रहणयोग्य रहेको बताउनुभयो । उहाँले पार्टिलाई नयाँ दिशा र उर्जा दिनकै लागि जागरण अभियान शुरु भएको बताउनुभयो ।

नेपाली काँग्रेसलाई वदनाम गर्न कम्यूनिष्टहरुले जति सुकै प्रपञ्च रचेको भएपनि काँग्रेस कहिल्यै बिचलित नहुने श्रेष्ठले बताउनुभयो । उहाँले वर्तमान सरकार वहुमतको दम्भले जनताकै विरुद्ध विभिन्न गलत निर्णय गर्दै आईरहेको बताउँदै सरकार देशको विकास र समृद्धि भन्दा आफु र आफ्नै आसेपासेको भरणपोषणमा मात्रै केन्द्रित भएको बताउनुभयो । सत्ताको दुरुपयोग गर्दै आएको सरकारका बिरुद्ध आफुहरु सडक र सदनमा उत्रिन बाध्य भएको केन्द्रिय सदस्य श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति खिमप्रसाद भुसालले नेपाली काँग्रेसमा भवनात्मक एकता बढाउन र पार्टिका कार्यकर्ताहरुमा झनै उर्जा थप्न जागरण अभियान सफल भएको बताउनुभयो । पूर्व साँसद एवं नेपाली काँग्रेसका महासमिति सदस्य ऋषिकेश तिवारीले पार्टिलाई एक ढिक्का बनाउने जिम्मा सबै कार्यकर्ता र नेताहरुको भएको बताउनुभयो । उहाँले हरेक निरकुँशताका बिरुद्धमा लड्दै आएको काँग्रेस वर्तमान ओली सरकारको विरुद्ध पनि डटेर लड्ने बताउनुभयो । कार्यक्रममा काँग्रेस नेतनबराज गुरुङ ा, राजेन्द्र तिवारी, राम शर्मा पौडेल, सिता काफ्ले लामिछाने, बसन्तबहादुर सिके, मिना केसी लगायतको पनि सहभागिता थियो ।

जिल्ला सभापति खिमप्रसाद भुसालको सभापतित्वमा भएको कार्यक्रममा महासमिति सदस्य गंगाधर तिवारीले स्वागत मन्तव्य, महासमिति सदस्य राधाकुमारी क्षेत्रीले विषय प्रबेश गराउनुभयो । कार्यक्रमको सञ्चालन महाधिबेशन प्रतिनिधी तथा दलित संघका केन्द्रिय सदस्य जितवहादुर सुनार, शेरवहादुरले गर्नुभएको थियो भने नेपाली काँग्रेस फलेवास नगरपालिकाका संयोजक हिरामणी सापकोटाले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !