सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढिरहेको छ – प्रम ओली
रमेश गिरी| जेठ २४ , भक्तपुर(रासस )
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढिरहेको छ – प्रम ओली
रमेश गिरी| जेठ २४ , भक्तपुर(रासस )
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । 
२०८२, १२ चैत्र बिहीबार
काठमाडौँ - KTM

प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन

२०७६, २४ जेष्ठ शुक्रबार ११:५९


सरकार हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढिरहेको छ – प्रम ओली
रमेश गिरी| जेठ २४ , भक्तपुर(रासस )
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताउनुभएको छ । 
आज भक्तपुरमा आयोजना भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको उद्घाटन गर्दै उहाँले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौतारिरहेका छन्, सरकार के हेरेर बसिरहेको छ भन्नेलाई सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।”
यो महाअभियानको भव्य शुरुआत भएको बताउँदै उहाँले यो कुनै गोष्ठी नभई कामबाटै शुरु भएको अभियान भएको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताउनुभयो । 
काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उहाँले सबैलाई देशमै रोजगारी दिने बताउनुभयो । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । 
सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब जनतालाई भ्रममा राखेर भड्काउने र अलमल्याउने दिन सकिएको छ ।” मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उहाँले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले २०४ वर्ष देशलाई अँध्यारोमा राख्ने राजतन्त्र फेरि चाहियो भन्ने मुर्खसमेतको केही नलाग्ने बताउनुभयो । 
कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध भएका युवालाई साबेललगायत उपकरण हस्तान्तरण गर्नुभएको थियो । 
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै चालू आर्थिक वर्षमा आंशिक रुपमा यो कार्यक्रम सञ्चालन भए पनि आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले शिक्षित र अशिक्षित दुवै वर्गका लागि सरकारले रोजगार कार्यक्रम अगाडि सारेको बताउनुभयो । 
प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले सरकारले यो कार्यक्रमका लागि भक्तपुरका चारवटा नगरपालिकामा रु दुई करोड ४६ लाख बजेट पठाएको उल्लेख गर्दै आगामी असार १ गतेदेखि नगरपालिकाले वडा तहमै बेरोजगार सूचीमा रहेका नागरिकलाई काममा परिचालन गर्ने बताउनुभयो । 
सरकारले रोजगार बैंकको स्थापना गर्दै बेरोजगार युवाको तथ्याङ्कअनुसार योग्यतामा आधारित रोजगार दिने कार्य गर्नुपर्नेमा जोड दिँदै उहाँले कृषिमा मात्रै १२ लाख, भवन निर्माणको क्षेत्रमा सात लाखभन्दा बढी युवालाई रोजगार दिन सकिने बताउनुभयो ।  
प्रदेश नं ३ का प्रदेशसभा सदस्य रजनी जोन्छे, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव महेश्वर दाहाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, सूर्यविनायकका वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख मदनसुन्दर श्रेष्ठलगायत यो कार्यक्रमबाट जिल्ला जिल्लामा रोजगारीको ढोका खुलेको चर्चा गर्नुभ
यो कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । करीब एक हजार ५०० युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त दस्ताले आजै सडक खनेर कामको शुरुआत गरेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !