२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

विप्लब समूहका १८ नेता कार्यकर्ता पक्राउ

२०७६, २६ जेष्ठ आईतवार ०४:१३


जेठ २६,कास्की| (रासस) कास्की प्रहरीले जिल्लाको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ नेता÷कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ उरी भन्ने ठाउँबाट नियन्त्रणमा लिइएको हो ।

 पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत पार्टीका जिल्लास्तरीय नेता तथा विद्यार्थी सङ्गठनका नेता-कार्यकर्ता  रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।सो क्षेत्रमा केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा अघिल्लो दिनबाटै प्रहरीले अप्रेशन चलाएको र उनीहरुलाई आमा समूहको भवनबाट नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ । विप्लव समूहका नेता-कार्यकर्ता आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ । उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई पु¥याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !