२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपीवाद खोज्दै सङ्ग्रहालय विराटनगर यात्रामा

२०७६, ३० जेष्ठ बिहीबार ०६:१३

पूर्णप्रसाद मिश्र | जेठ ३०, काठमाडौँ (रासस)विपी सङ्ग्रहालय समितिले विपीवादको खोजी गर्दै आजदेखि सुन्दरीजलबाट विराटनगरस्थित कोइराला निवाससम्म यात्रा शुरु गरेको छ ।लोकतान्त्रिक मूल्यमान्यतालाई बलियो बनाउन विपीवादको खोजी गर्न दोस्रो चरणको यात्रा शुरु गरिएको सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिनुभयो । यात्रा जेठ ३२ गते सुन्दरीजलमै आएर समाप्त हुनेछ ।यात्राका क्रममा सङ्ग्रहालयको माटो चाँदीको कचौरा एवं सिसाको फ्रेममा राखी लगिएको छ । सङ्ग्रहालयको तस्वीर पनि साथै लगिएको जनाइएको छ । बिहीबार बिहान काठमाडौँबाटहिँडेको यात्रा समूह बेलुकी विराटनगर पुग्नेछ । शुक्रबार दिनभर विराटनगरमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाका बारेमा अध्ययन गर्न भ्रमण गरिनेछ । भ्रमणका क्रममा विपीको जीवनसँग सम्बन्धित स्थलमा अवलोकन, विभिन्न व्यक्तित्वसँग कुराकानी गरिने अध्यक्ष पोखरेलले बताउनुभयो । विपीवादको खोजीमा सुन्दरीजलबाट बनारससम्मको यात्राका क्रममा यो कार्यक्रम आयोजना गरिएको हो ।

यसअघि पहिलो चरणमा फागुन ११ गते कोइरालाहरुको उद्गमस्थल दुम्जाबाट यात्रा प्रारम्भ भएको थियो । दुई वर्षससम्म देशका ७७ वटै जिल्लामा विपीवादको खोजी गरी यात्रा गरिनेछ । तेस्रो चरणमा सुशील कोइरालाको गृहनगर नेपालगञ्जबाट नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासम्म यात्रा गरिने सङ्ग्रहालय समितिले जनाएको छ ।

चौथो चरणमा शहीद दुर्गानन्द झा, सरोज कोइराला, रामनारायण मिश्र, काङ्ग्रेस नेता महेन्द्रनारायण निधि, आजीवन कारावासको सजाय भोग्नुभएका अरविन्द ठाकुर, नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवको जन्मभूमि सांस्कृतिक शहर जनकपुरमा विपीवादको खोजी यात्रा गरिने कार्यक्रम रहेको छ । यात्राका क्रममा विपी विचारलाई जनताको तहसम्म लैजाने जनाइएको छ ।पाँचौँ चरणमा प्रजातन्त्र पुनःस्थापनाका लागि प्राण आहूति दिनुहुने शहीद राम, लक्ष्मण, लीला, ठगी आदिको भूमि ओखलढुङ्गा, भीमनारायण श्रेष्ठको भूमि धनकुटालगायत स्थानमा यात्रा गरिनेछ । देशभरको यात्रा सकेपछि समापन कार्यक्रम सर्वोच्च नेता गणेशमान सिंहको निवास चाक्सीबारीमा गरिने अध्यक्ष पोखरेलले बताउनुभयो ।

विसं २०१७ पुस १ गतेको घटनापछि पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइराालालाई सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएको थियो । विसं २०२५ मा उपचारका लागि विपीलाई जेलमुक्त गरिएको थियो । उपचारपछि भारत निर्वासनमा रहनुभएका विपी राष्ट्रियता कमजोर भएको विश्लेषणसहित आठ मृत्युदण्डका मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनुभएको थियो ।

मेलमिलापको नीति लिई फर्कनुभएपछि पनि विपीलगायतका नेतालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन्दरीजल बन्दीगृह पु¥याइएको थियो । दोस्रोपटक पनि करीब एक वर्ष उहाँलाई सुन्दरीजल बन्दीगृहमा राखिएको थियो । विपीका ‘दोषी चश्मा’बाहेक सबै साहित्यिक कृतिको रचना सुन्दरीजल बन्दीगृहमै भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !