२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

असल नियतले ल्याइएको विधेयकमा पुल्ठो झोस्नु गलत: मन्त्री बाँस्कोटा

२०७६, ३२ जेष्ठ शनिबार १२:३१

जेठ ३२, काभ्रे | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रियसभामा पेश गर्नुअघि हरेक विधेयकका विषयमा हुने नकारात्मक टिप्पणी राम्रो पक्ष नभएको बताउनुभएको छ ।

मन्त्री बाँस्कोटाले आज काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ सिपाघाटमा टेलिफोन (पीएसटीएन) एक्सचेञ्ज उद्घाटन गर्दै भन्नुभयो, “यहाँ त विधेयक लैजानुभन्दा अघि ‘पुल्ठो’ झोसिन्छ, पुल्ठो झोसेछि नकारात्मक टिप्पणी फैलिन्छ, जसका कारण समस्या समाधान गर्न कठिन हुन्छ, विषयको चुरोमा जानुभन्दाअघि भ्रामक रुपमा उत्तेजना फैलाउनु राम्रो होइन ।”

मन्त्री बाँस्कोटाले राष्ट्रियसभामा पेश भएको गुठी विधेयक संस्कृति, रीतिरिवाज, धर्म र सामाजिक व्यवहार तथा उत्पादन, स्वामित्व र किसानका अधिकारसँग जोडिएको दुई प्रकृतिका दुई पृथक ढङ्गले छलफलमा लगिने बताउनुभयो । उहाँले सरकार वैज्ञानिक र व्यवस्थित ढङ्गले गुठी विधेयक समाधान गर्ने प्रयत्न गरिरहेको उल्लेख गर्दै जमीनमा हरेक जनातको पहुँच पु¥याइने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा नागरिकको मौलिक हक स्थापित छ, भूमिहीनलाई घरबासका लागि जमीन दिने भन्ने संविधान भने बनाउने, अनि भएको सम्पत्ति रोकेर उनीहरुलाई बास नबसाउने ?”

मन्त्री बाँस्कोटाले स्वर्गद्वारीमा जनताले कमाएको झण्डै एक हजार २०० रोपनी जमीन कि जनताको हुनुपर्ने नभए त्यसको हिसाबकिताब सरकारलाई बुझाउनुपर्ने दाबी गर्नभयो । “आफूले गर्न पाइयो भने मज्जाको ‘हाइहाई डेमोक्रेसी’ रे अर्काले गर्दा कम्युनिष्ट सरकारले खाने भो भन्ने, यो कदापि हुन्न”, उहाँले भन्नुभयो । गुठीको समस्या समाधान हुँदा सबैको समस्या समाधान हुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “विकास एउटै र एकै खालको हुने हो, बाटो बनाउँदा कम्युनिष्ट र काङ्ग्रेस हिँड्ने छुट्टाछुट्टै लेन हुन्न, संसारमा कही यस्तो उदाहरण छैन ।” 

मन्त्री बाँस्कोटाले जनालाई गुठीको समस्यामा अल्झाइरहनु नहुने बताउनुभयो । “जनतालाई सधैँ यथास्थितिमा रिङ्ग्याइरहनु हुँदैन, गुठीलाई व्यवस्थित गरी हाम्रो भावी पुस्तालाई सुरक्षित गर्नुपर्छ”, उहाँले भन्नुभयो । उहाँले तार जोड्न, टेलिफोन, ऋण झिक्न, खानेपानी जोड्न नक्सापास नभएकालाई सेवा नदिने सरकारी नीतिअनुसार नागरिकलाई सधैँ तनावमा राख्ने नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हजुरबाउले, कुप्राबाउले सधैँ तनावै तनाव व्यहोर्दै आए, अब हामी छोराछोरी, नातिनातिनी, पनाती पनातिनीलाई तनावमा पु¥याउनुहुन्न ।”


मन्त्री बाँस्कोटाले गुठी विधेयक ल्याउनै नपर्ने, छलफल नै हुनुनपर्ने भन्नेहरु विषयप्रति प्रष्ट नभएकाले एकोहोरो विरोध गरेको दाबी गर्नुभयो । “न्यून कर तिरेर खाइरहेकाको टाउको दुखेको हुनुपर्छ, आफूले खाएको भाग खोसिएला भनेर अत्तालिएका हुन्”, उहाँले भन्नुभयो । उहाँले नेपालमा कति गुठी छन् भन्नेबारे गुठी संस्थानलाई नै थाहा नभएको दाबी गर्नुभयो । “देशभरि झण्डै पाँच हजार सङ्ख्यामा गुठी रहेको रेकर्ड छ, हजारौँ वर्षदेखि जोतपोत गर्दै आएकालाई व्यवस्थित गर्नुपर्छ ।”

मन्त्री बाँस्कोटाले फरक प्रसङ्गमा आफ्ना बारेमा नकरात्मक टिप्पणी गर्नेलाई आउँदो चुनावमा मैदानमा भिडेर हिसाबकिताब गर्न चुनौती दिनुभयो । उहाँले भन्नुभयो, “राजनीति के हो ? केही मान्छेको मुठ्ठीको खेल हो ? राज्यसत्ता जनातको काम गर्नका निम्ति हो, साधारण मोही हकको, किसानको अधिकार सुरक्षित गर्दा, टाउको दुखिहाल्नु पर्ने !” 

मन्त्री बाँँस्कोटाले नेपाल टेलिकमका सेवा अन्यभन्दा सुरक्षित भएको बताउनुभयो । “देश विकास, प्रगति तथा सरकारका गतिविधि बुझ्न इन्टरनेट आवश्यक छ”, उहाँले भन्नुभयो । उहाँले यो वर्ष उच्चगतिको फोरजी इनटरनेट सेवाको विस्तार शुरु भएको बताउनुभयो । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले विकास र सुमृद्धिको यात्रामा प्रविधिले मुख्य भूमिका खेल्ने बताउनुभयो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका निमित्त निर्देशक राजेश उप्रेतीले टेलिफोनको गुणस्तरीय सेवामा आफूहरु प्रतिबद्ध रहेको दाबी गर्नुभयो । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलेस, ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोद परमारले सिपाघाट टेलिफोन एक्सचेञ्जमा १२८ लाइन तथा इन्टरनेट (एडीएसएल) क्षमता तथा काभ्रेपलाञ्चोकमा फोरजी इन्टरनेट सेवाका लागि ५८ टावर राखिने जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने