२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको निर्देशनसँगै सांसद चौधरीको खुट्टामा लगाईएको १४ किलोको नेल हटाइयो

२०७६, ७ असार शनिबार ०७:२५

असार ७, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । 

उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी अस्पताल भर्ना भएका चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । “प्रधानमन्त्रीले साङ्लो तुरुन्त खोल्न र त्यो लगाउनेलाई कारवाही गर्न मुख्यसचिवलाई निर्देशन दिनुभएको छ”, उहाँले भन्नुभयो । उपचारका क्रममा बीर अस्पतलामा भर्ना भई शै्यामा रहदा चौधरीलाई साङ्लो लगाइएको थियो ।

डिल्लीबजार जेल बन्दी रहेका सांसद चौधरीलाई कैलाली घटनाको मुख्य योजनाकारको आरोप छ, उनलाई ढाड र फोक्सोको समस्या छ । उपचारका लागि अस्पताल भर्ना भएका चौधरीलाई सुरक्षाको कारण देखाउँदै प्रहरीले नेल लगाएको हो। चौधरीलाई भेटन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुक्रबार अस्पताल पुगेका थिए भने स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र चौधरी बिहीबार अस्पताल पुगेका थिए। चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बिजयी भएका थिए।

सांसद चौधरीलाई लगाइएको नेल खोलियो

चौतर्फी विरोधपछि टीकारपुर हत्याकाण्डको अभियोमा जेल जीवन बिताइरहेका सांसद रेशम चौधरीलाई लगाइएको १४ किलोको नेल (साङ्लो) हटाइएको छ ।

सांसद चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अस्पतालमा समेत सांसद चौधरीको खुट्टामा रहेको सो नेल नहटाएपछि त्यसको चौतर्फी विरोध भएको थियो।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सांसद चौधरीलाई उपचारका बेला समेत हत्कडीले बाँधेर लडाउनु अमानवीय हर्कत भएको भन्दै रोष प्रकट गरेका थिए। भट्टराईले फेसबुकमा चौघरीको खुट्टामा लगाइएको १४ किलोको नेलको फोटो पोस्ट गर्दै लेखेका छन्, ‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्मत हो?, हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण ?’


पूर्वप्रधानमन्त्री भट्टराईले मात्रै नभइ सञ्चार माध्यम र सामाजिक सञ्जालमा समेत यसको चर्को विरोध भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !