२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रम्पको पत्र किमले पढेपछि …..

२०७६, ८ असार आईतवार ०८:५३

असार ८, (रासस-सिन्ह्वा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गर्नुभएको छ ।उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गर्नुभएको हो ।

पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाउनु भएको पनि समाचारमा उल्लेख गरिएको छ । उहाँले भन्नुभएको छ, “पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ ।”किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गर्नु भएको बताइएको छ । तर उहाँले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी दिनु भएको छैन । त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन । त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।

 गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !