१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्रपाको महाधिवेशन आगामी जेठमा हुने

८ असार २०७६, आईतवार १०:३०

असार ८, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई पार्टीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गरी देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने सङ्कल्प बैठकले गरेको छ ।  

सरकारले संसदमा पेश गरेको गुठी विधेयक फिर्ता लिएको घटनालाई बैठकले स्वागत गर्दै विधेयक पूर्णरूपमा खारेज गरी धर्म, संस्कृति र परम्परामाथि कुनै आघात पुग्ने कार्य नगर्न र सरोकार पक्षसँग घनीभूत छलफल र संवाद गर्न बैठकले  सरकारसँंग माग गरेको छ । 

शनिबारदेखि शुरु भएको उक्त बैठकमा पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका अध्यक्ष, भ्रातृ सङ्गठनका अध्यक्ष र ७७ वटै जिल्लाका जिल्ला अध्यक्षको सहभागिता थियो ।

बैठकको निर्णय सार्वजनिक गर्न यहाँ आज आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउँदै ‘प्रधानसेनापति समेतलाई ‘बाइपास’गरेर सेना परिचालन गर्ने अधिकार लिन खोजेकाले’शक्ति पृथकीकरणको मान्यतालाई कायम राख्नुपर्ने र न्यायपालिकालाई स्वतन्त्र संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।

अनुसन्धान र कारवाही गर्ने निकायलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत केन्द्रीकृत गरेमा भ्रष्टाचार न्यूनीकरणकार्य प्रभवकारी रूपमा अगाडि बढाउन नसकिने बताउँदै अध्यक्ष थापाले आमसञ्चारमाध्यमलाई मिडिया काउन्सिल विधेयकमार्फत नियन्त्रण गर्न नहुने बताउनुभयो ।

अध्यक्ष थापाका अनुसार यसवर्ष पार्टीले ‘सङ्गठन निर्माण वर्ष’का रूपमा कार्यान्वयन गरी देशका सम्पूर्ण गाउँनगरपालिकाका वडामा पार्टी एकाइ समितिको गठन-पुनःगठन गर्ने छ । कम्तीमा तीन लाख सक्रिय सदस्य बनाइने छ । युवक, महिला, विद्यार्थी र धार्मिक सङ्गठनको एकाइ प्रत्येक गाउँ नगरपालिकामा विस्तार गरिने छ । ट्रेड युनियन महासङघ, शिक्षक परिषद् र युवा मोर्चाका शाखा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रसम्म गठन गरिने छ । सम्पूर्ण भ्रातृ सङ्गठनको केन्द्रीय अधिवेशन सम्पन्न गरिने छ । दुई चरणमा ४२ जिल्लामा सम्पन्न गरेको राष्ट्रिय स्वाभिमान यात्रालाई विभिन्न चरणमा ७७ वटै जिल्लामा सञ्चालन गरिने छ ।स्वाभिमान यात्रालाई भदौदेखि निरन्तरता दिइने जनाइएको छ ।

बैठकमा अध्यक्ष थापाद्वारा प्रस्तुत ‘समसामयिक राजनीतिक परिस्थिति र राप्रपाको भावी कार्यदिशा’सम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री भाष्कर भद्राद्वारा प्रस्तुत सचिवालयसम्बन्धी र कोषाध्यक्ष उद्धव पौडेलद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी