२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित, बजेटमाथि छलफल प्रभावित

२०७६, ८ असार आईतवार १६:१२

असार ८, कैलाली | सुदूरपश्चिम प्रदेश सभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सभामुखको निर्देशनमा अर्को बैठक यही असार ११ गते बिहान ८ बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।

बैठक स्थगनसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि यही असार १ गते प्रस्तुत गरेको बजेटमाथि छलफल अघि बढ्न सकेको छैन । विधि, पद्धति मिचेर अपारदर्शी ढङ्गले ‘ब्ल्याङ्क बजेट‘ ल्याएको भन्दै प्रतिपक्षी दल नेपाली काँग्रेसका सदस्यको अवरोधपछि प्रदेशसभाको यही असार ५ गतेको बैठक कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन गरिएको थियो । 

सभामुख अर्जुनबहादुर थापाले बैठक बस्ने वातावरण नमिलेकाले आजका लागि बोलाइएको बैठक स्थगन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “बैठक बस्ने वातावरण मिलेको छैन, उहाँहरुबीच छलफल चलाउने पहल भइरहेको छ ।” बजेटको असन्तुष्टिका बुँदाका विषयमा प्रतिपक्षीसँग छलफल गरेर समाधानको उपाय नखोजिएसम्म विरोध नरोकिने काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने